२०८० मंसिर २०
December 6, 2023, Wednesday

कच्चा तेलको मूल्य लगातार घट्दै, भाउ ९ महिनायताकै न्यून स्तरमा

कच्चा तेलको मूल्य लगातार घट्दै, भाउ ९ महिनायताकै न्यून स्तरमा

एजेन्सी, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट जारी छ।

कच्चा तेलको मूल्य सोमबार प्रतिब्यारेल २ डलरले घटेर जनवरीयताकै न्यून स्तरमा पुगेको छ। विश्व बजारमा सोमबार ब्रेन्ट क्रुड २.०९ डलरले घटेर ८४.०६ डलर प्रतिब्यारेलमा कारोबार बन्द भएको छ। यो जनवरी १४ यताकै न्यून स्तर हो।

त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) पनि २.०६ डलरले घटेको छ। यो प्रतिब्यारेल ७६.७१ डलरमा कारोबार बन्द भएको छ। यो जनवरी ६ यताकै न्यून स्तर हो।

यसअघि गत शुक्रबार तेल मूल्य ५ प्रतिशतले घटेको थियो। अमेरिकी फेड रिजर्भले लगातार तेस्रोपटक ब्याजदर बढाएपछि डलर सूचकांक दुई दशककै उच्च विन्दूमा पुगेको छ।

जसले तेलको मागलाई असर गरेको छ। डलर बलियो भएकोले अन्य देशका लागि तेल किन्न भने महँगो भएको छ।

Related News

सुनकाे भाउ आज पनि घट्याे, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै
सुनकाे भाउ आज पनि घट्याे, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै
  • २०७९ आश्विन ११, मंगलवार १८:३५ गते

सुनकाे भाउ आज बुधवार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८ सयले घटेर आज...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ आश्विन ११, मंगलवार १८:३५ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

‘एनसेल खरिदबिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ’
‘एनसेल खरिदबिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ’
  • २०७९ आश्विन ११, मंगलवार १८:३५ गते

सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रक्रिया कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने...

TOP