२०८० चैत्र १५
March 28, 2024, Thursday

मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार

मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार

काठमाडौं, मनास्लु हिउँ पहिरोमा परेर घाइते भएका ११ जनाको उद्धार गरिएको छ। सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार गरिएको हो।

सोमबार दुई जना घाइतेलाई उद्धार गरेर काठमाडौं ल्याइएकोमा मंगलबार बिहान ९ जना घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए।

मनास्लुको तेस्रो बेस क्याम्पबाट चौथो बेशक्याम्पमा जाने क्रममा सोमबार दिउँसो हिउँ पहिरो खस्दा १२ जना घाइते भएका थिए।

घाइतेमध्ये एक जनाको मृत्यु भएको थियो। ज्यान गुमाउनेमा आरोहण सहयोगी अनुप राई रहेका छन्।

आज काठमाडौं ल्याइएका सात जना घाइतेको कपनस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ। एउटा शव हिम पहिरोस्थलबाट तल सामागाउँमा झार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सोमबार मौसम खराब हुँदा उद्धार गर्न कठिनाइ भएको थियो।

Related News

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७९ आश्विन ११, मंगलवार १०:४२ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ आश्विन ११, मंगलवार १०:४२ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
  • २०७९ आश्विन ११, मंगलवार १०:४२ गते

गाईघाट, चैत १४ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव भेटिएको छ।...

TOP