एजेन्सी, रुसले युक्रेनका चार वटा क्षेत्रका नागरिकले रुसमा गाभिनको लागि मत दिएको दाबी गरेको छ ।
चार वटा क्षेत्रमा भएको जनमत संग्रहको अनौपचारिक नतिजा सार्वजनिक गर्दै रुसले अब ती क्षेत्र आफ्नो भएको जनाएको छ ।
रुसको सरकारी सञ्चारमाध्यमले युक्रेनको अधिनस्थ भागहरूमा भएको जनमत संग्रहको प्रारम्भिक नतिजा पनि सार्वजनिक गरेको छ।
भारी बहुमतले रूसमा सामेल हुने पक्षमा मतदान गरेको रुसको दाबी छ ।
खेरसन क्षेत्रका ९७ प्रतिशत, जापोरिजाहियाका ९८ प्रतिशत, लुहान्सकका ९८ प्रतिशत र डोन्स्त्कका ९८ प्रतिशत नागरिकले रुसमा गाभिने मत दिएका खबरमा उल्लेख छ ।
युक्रेन र पश्चिमी राष्ट्रहरूले परिणामहरू पहिले नै तय भइसकेको दाबी गर्दै जनमत संग्रहलाई नाटकको संज्ञा दिएका छन्।
यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले युक्रेनका चार वटा क्षेत्र अब रुसको भएको र ती क्षेत्रका मानिसहरूलाई बचाउन जस्तोसुकै कदम चाल्ने बताएका छन् ।
“जनमतसंग्रह भइरहेको क्षेत्रहरूमा मानिसहरूलाई बचाउनु हाम्रो सम्पूर्ण समाज र सम्पूर्ण देशको ध्यान केन्द्रित छ,” पुटिनले अधिकारीहरूसँगको टेलिभिजन बैठकमा भने।
पुटिनले केही दिनभित्रै युक्रेनको कब्जामा रहेका क्षेत्रहरूलाई रुससँग गाभ्ने औपचारिक घोषणा गर्ने सम्भावना छ । रुसले जनमत संग्रह गरेको क्षेत्रले युक्रेनको १५ प्रतिशत भु भाग ओगट्छ ।
रूसले आफ्नो देशमा गाभिएको भूमिलाई पूर्ण सुरक्षा दिने वाचा गरेको छ । यसको रक्षाको लागि आणविक हतियारको पनि प्रयोग हुन सक्ने उस्को धम्की छ ।
तर अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले यसअघि नै यदि कुनै भूभाग रुसमा विलय गराएमा थप आर्थिक प्रतिबन्ध लगाउन तयार रहेको चेतावनी दिएको छ ।
युक्रेनका अधिकारीले रुसले कब्जा गरेको जग्गा फिर्ता लिनको लागि काउन्टर अपरेसन जारी रहने बताएका छन् ।
अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...
इजरायलले सात दिने युद्धविराम अन्त्य गरी फेरि प्यालेस्टिनी विद्राेही समूह हमास लक्षित आक्रमण थालेको छ । दुई पक्षबीच यसअघि भएको युद्धविरामको...