एजेन्सी, पहिलो टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ । गएराति थिरुवन्थापुरममा दक्षिण अफ्रिकाले दिएको एक सय ७ रनको सामान्य लक्ष्य भारतले १६ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो ।
भारतका केएल राहुलले नटआउट ५१ रन र सूर्यकुमार यादवले ५० रन बनाए । कप्तान रोहित शर्मा शून्य र विराट कोहली ३ रनमा आउट भए ।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । दक्षिण अफ्रिकाका केशव महाराज सर्वाधिकले ४१ रन बनाए ।
दक्षिण अफ्रिकाले ९ रन बनाउँदा नै पाँच विकेट गुमाइसकेको थियो । भारतका अर्शदीप सिंहले ३ तथा दीपक चाहर र हर्सल पटेलले २र२ विकेट लिए ।
तीन खेलको टी-२० र एकदिवसीय शृङ्खला खेल्न दक्षिण अफ्रिका भारत भ्रमणमा रहेको छ ।
पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...
दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...
बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...