२०८० मंसिर २०
December 6, 2023, Wednesday

शेखर-गगन समूहलाई ३० प्रतिशत भाग दिन काँग्रेस संस्थापन पक्ष देउवा तयार

शेखर-गगन समूहलाई ३० प्रतिशत भाग दिन काँग्रेस संस्थापन पक्ष देउवा तयार

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा लचक भएका छन् ।

सम्मानजनक भागबण्डाको माग गर्दै शेखर-गगन समूहले लगातार दबाब बढाउँदै लगेपछि चुनावमा सम्भावित जोखिम टार्न सभापति एवं प्रधानमन्त्री देउवा मिलाएर लैजाने मनस्थितिमा पुगेको बालुवाटार स्रोतले बताएको छ ।

यसका लागि समानुपातिक तथा प्रत्यक्षतर्फको टिकट बाँडफाँटमा शेखर(गगन समूहलाई कम्तीमा ३० प्रतिशत हिस्सा दिन देउवा तयार भएका छन् । इतर समूहले ४० प्रतिशतलाई बटमलाइन बनाएको थियो ।

‘सभापतिज्यू पार्टीमा सबैलाई मिलाएर लैजाने पक्षमा नै हुनुहुन्छ । उहाँ (शेखर(गगन)हरूले उठाएको न्याय र समान अवसरको मुद्दा सभापतिज्यूको पनि हो,’ स्रोतले भन्यो, ‘सचिवालयभित्र हुने आन्तरिक छलफलमा पनि सकारात्मक भएर भागबण्डा नै खोज्ने भए ३० प्रतिशत दिन तयार हुनुभएको छ ।’

पार्टीभित्र संघर्ष, त्याग तथा लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानका आधारमा कसैलाई अन्याय हुन नदिनेमा प्रधानमन्त्री प्रतिबद्ध रहेको सचिवालयका एक सदस्यले बताए ।

असोज ३ गते कांग्रेसले निर्वाचन आयोगमा पेस गरेको बन्दसूची एकपक्षीय भएको भन्दै शेखर(गगन समूहले खबरदारीका कार्यक्रमहरू गरिरहेको छ ।

यो समूहका नेता(कार्यकर्ताले हिजो पार्टी केन्द्रीय कार्यालयमा धर्नासमेत दिएको थियो ।

यसैक्रममा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकमा देउवाले समानुपातिक सूची सच्याउने प्रतिबद्धता जनाएका थिए । शेखर समूहले उक्त बन्दसूची सच्याउन आजसम्मको अल्टिमेटम दिएको थियो ।

सत्तारुढ गठबन्धनबीचमा भइरहेको सीट बाँडफाँटमा पनि आफ्नो समूहका नेताको सम्भावना रहेको ठाउँमा अन्यलाई नै दिने तयारी भएको इतर समूहको आशंका थिए । उनीहरू देशभर उम्मेदवार दिने तयारीका साथ छुट्टै सूचीको गृहकार्यमा समेत जुटेका थिए ।

अहिले सभापति देउवाले शेखर कोइरालासहित सो समूहका शीर्ष नेता र पार्टी पदाधिकारीलाई बालुवाटार डाकेर छलफल गरिरहेका छन् । बन्दसूची संशोधन गर्ने सम्बन्धमा छलफल भइरहेको स्रोतले बतायो ।

Related News

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ आश्विन १३, बिहीबार १७:०० गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
  • २०७९ आश्विन १३, बिहीबार १७:०० गते

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ आश्विन १३, बिहीबार १७:०० गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

TOP