काठमाडौं । माल्दिभ्समा भइरहेको दोस्रो साबा (दक्षिण एसियाली बास्केटबल संघ) महिला च्याम्पियनसिपमा नेपाल फेरि उपविजेता बनेको छ । श्रीलंकाले लगातार उपाधि जित्दा नेपाल भने उपविजेता बन्यो ।
बुधबार भएको आफ्नो अन्तिम खेलमा नेपालले भुटानमाथि सहज जितसहित उपाधि जित्ने सम्भावना कायम राखेको थियो । तर, बुधबारै राती नै श्रीलंकाले घरेलु टोली माल्दिभ्सलाई ७२-५९ ले हराउँदै च्याम्पियन बन्यो ।
च्याम्पियनसिपमा नेपाल र श्रीलंकाले दुई जीत र एक हारबाट समान चार अंक नै जोडेको थियो । तर, नेपाल भन्दा श्रीलंकाले बढी अंक स्कोर गरेकोले श्रीलंका अघि रहँदै च्याम्पियन बनेको हो ।
सन् २०१६ मा काठमाडौंमा भएको पहिलो संस्करणमा पनि श्रीलंका सबै खेल जितेर च्याम्पियन बन्दा नेपाल दोस्रो भएको थियो ।
यस पटक पनि भारत सहभागी नहुँदा नेपालले उपाधि जित्ने लक्ष्यसहित माले पुगेको थियो ।
दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...
बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...
युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड टर्किस क्लब गालाटासारेसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा म्यानचेस्टर...