२०८० मंसिर २१
December 7, 2023, Thursday

गोठाटारमा गार्मेन्ट व्यवसायीको हत्या आरोपित तीन जना सार्वजनिक

गोठाटारमा गार्मेन्ट व्यवसायीको हत्या आरोपित तीन जना सार्वजनिक

काठमाडौं। असोज ३ गते काठमाडौंको गोठाटारमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्यामा सहयोग गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पर्साको वीरगञ्ज महानगरपालिका १६ निवासी २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका-१५ निवासी १९ वर्षीय रेहान मियाँ र मकवानपुरको बकैया गाउँपालिका-१ निवासी २१ वर्षीया सुस्मिता स्याङ्तानले हत्यामा सहयोग गरेको भन्दै प्रहरीले सार्वजनिक गरेको हो।

प्रहरीको विशेष टोलीले उपत्यका र वीरगञ्ज क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई शुक्रबार सार्वजनिक गरेको हो।

पक्राउ परेका महोरम र रेहानले हत्याको योजना बनाउनुका साथै हतियार व्यस्थापनमा सघाएको प्रहरीको दाबी छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार सुस्मिताले हत्या गरिएका मोहम्मदको गतिविधि निगरानी गर्ने भूमिका निर्वाह गरेकी थिइन्।

सुस्मिता चोरी मुद्दामा कारागार बसेर छुटेकी थिइन्। उनले २०७६ असार ११ गतेदेखि २०७८ फागुन ७ गतेसम्म चोरी मुद्दामा केन्द्रीय कारागारमा कैद भुक्तान गरेकी थिइन्।

असोज ३ मा कारबाट झर्ने क्रममा सर्लाहीको सिसौरिया-६ स्थायी घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालक ५८ वर्षीय लाल मोहमद भन्ने मोहम्मद दर्जीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले गोली प्रहार गरी हत्या गगरेका थिए।

गोली लागी घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो।

उनीहरुविरुद्ध ुमुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यानसम्बन्धी कसुरु मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर थप अनुसन्धान भइरहेको मैनालीले बताएका छन्।

प्रहरीले उक्त हत्याकाण्डमा प्रयोग भएको एउटा पेस्तोल पनि बरामद गरेको छ। घटनाका मुख्य योजनाकार नितिन मदन भएको आशंका प्रहरीको छ। उनी हालसम्म फरार छन्।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ आश्विन १४, शुक्रबार १८:०७ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ आश्विन १४, शुक्रबार १८:०७ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको मुद्दामा मंसिर २८ गते सुनुवाइ हुने
भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको मुद्दामा मंसिर २८ गते सुनुवाइ हुने
  • २०७९ आश्विन १४, शुक्रबार १८:०७ गते

उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने...

TOP