काठमाडौं, दशैँ मान्नका लागि चार दिन (असोज ९ देखि १२ गतेसम्म) मा दुई लाख ५९ हजार १४७ जना यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।
शानिबार काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्ने ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख किशोर तमाङ्गले बताए ।
उनका अनुसार दशैँ बिदाको पहिलो दिन शनिबार भएकाले उपत्यका बाहिरिने यात्रुको सङ्ख्या बढ्ने छ । ‘
शैँको पाँचौँ दिन आज दशैँ मान्न आ–आफ्नो घर जाने अर्थात् उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेको छ,’ उनले भने दशैँ बिदाको पहिलो दिन भोलि (शनिबार) भएकाले यात्रुको चाप झन् बढ्ने अनुमान छ ।’
असोज ९ गतेदेखि उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढेको उनको भनाइ छ । उनका अनुसार दशैँ बिदाको पहिलो दिन शनिबार भएकाले उपत्यका बाहिरिने यात्रुको सङ्ख्या बढ्ने छ ।
त्यसका लागि ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने बसका लागि मात्र विशेष ट्राफिक सहायता कक्ष स्थापना गरेको छ ।
जसमा प्रत्येक सहायता कक्षमा दुई जना ट्राफिक प्रहरी खटिएका छन् । प्रमुख तमाङ्गले भन्नुभयो, ‘कोटेश्वर ट्राफिक सहायता कक्षमा यात्रु सहजताका लागि मात्र दुई जना ट्राफिक प्रहरी खटिनु भएको छ ।
कक्षमा सबैले देख्नेगरी कुन ठाउँमा जाने त्यहाँसम्मको गाडीभाडा टाँसिएको छ । त्यो हेरेर मात्र टिकट काट्न जाँदा यात्रुलाई सहज भएको छ ।’
सादा पोसाकमा ट्राफिक प्रहरी
ट्राफिक प्रहरी २४ सैँ घण्टा अलर्ट अवस्था छ । टिकट काट्न जाँदा यात्रु ठगिनबाट जोगाउन र बिचौलियाको फन्दामा पर्नबाट बचाउन सादा पोसाकको ट्राफिक प्रहरी खटेको छ ।
उनका अनुसार बुधबार र बिहीबार केही बस काउन्टरका कर्मचारीले बदमासी गरेकाले १६ जनालाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो ।
शुक्रबार त्यस्तो घटना दोहोरिएको छैन । ‘दुई दिन गरेको कारबाहीले होला घटना दोहोरिएको देखिएन । बिहान ४ बजेदेखि सादा पोसाकको आठ जना प्रहरीले गरेको निगरानीमा त्यस्तो दृश्य कोटेश्वरमा फेला परेन’ उनले भने ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चार दिनमा काठमाडौं भित्रिने सवारी साधनको सङ्ख्या ३३ हजार ७७७ र बाहिरिने सवारी साधन ३७ हजार ३६५ रहेको छ ।
ती सवारी साधनमा बाहिरिने यात्रुको सङ्ख्या दुई लाख ५९ हजार १४७ र भित्रिने यात्रुको सङ्ख्या एक लाख ८५ हजार ५३६ जना रहेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चार दिनमा काठमाडौं भित्रिने सवारी साधनको संङ्ख्या ३३ हजार ७७७ र बाहिरिने सवारी साधन ३७ हजार ३६५ रहेको छ ।
उपत्यका ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार बाहिरिने यात्रुको सङ्ख्या निकै बढेको छ ।
उनले भने , शनिबार बिदा सुरु भएपछि यो संख्या अझै बढ्ने छ । यात्रुको सहजताका लागि ट्राफिक व्यवस्थापन चुस्त छ । बाहिरिने यात्रुको सहज व्यवस्थापनका लागि रातदिन ट्राफिक प्रहरी खटेको छ ।’
कुनै असहजता वा सहयताका लागि ट्राफिक प्रहरीको टोल फ्रि नम्बर १०३ वा नजिकैको प्रहरी कार्यालय १०० मा तुरुन्त सम्पर्क गर्न सकिने पनि उनको भनाइ छ ।
भाडा बढी लिएको गुनासो
ट्राफिक प्रहरीले कोटेश्वरमा भाडा बढी लिएको गुनासो आएपछि १६ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ ।
गुनासो सुनेर त्यसको समाधान गर्दैआएको ट्राफिक प्रहरीले बस सञ्चालक समितिका सम्पर्क व्यक्ति, ती बसका मानिस र गुनासो कर्तालाई सँगै राखेर समस्याको समाधन गर्ने गरेको छ ।
कोटेश्वरमा टिकट काट्नेहरू बिचौलियाको रूपमा नदेखिएको प्रमुख तमाङ्गले बताए ।
उनका अनुसार टिकट काट्ने नै बिचौलियाको रूपमा देखिएका छैनन् । साधारण गाडीको भाडा सहायता कक्षमा जानकारीका लागि टाँसिएको छ ।
त्यो हेरेर टिकट काट्न जानेलाई काउन्टरवालाले बुझाउन नसक्दा गुनासो आउनेगरेको हो । उनले भने , ‘साधारण गाडीको भाडामा डिलक्स गाडीले २० प्रतिशत र सुपर डिलक्सले ४० प्रतिशत भाडा थपेर टिकट काट्दा बढी परेको हो ।’
रिजर्भ जाने यात्रु
गाडी रिजर्भ गरेर जाने यात्रुको सङ्ख्या पनि उल्लेख्य मात्रमा रहेको छ । यसरी घर जाने यात्रुलाई प्रहरीले दिने सुरक्षा उस्तै रहेको प्रमुख तमाङ्गले बताए ।
‘साथीभाइ, परिवार मिलेर गाडी रिजर्भ गरी घर जाने यात्रुको सङ्ख्या पनि उस्तै छ,’ उनले भने , ‘गाडीको अग्रिम टिकट बिक्री खुल्ला हुन्छ । समयमा लिन नसक्दा पछि टिकट नपाउने हो कि वा आफ्नो सुविधाका लागि मानिसहरु गाडी रिजर्भ गरेर यात्रा गर्छन् ।’
प्रहरीले उपत्यकाका मुख्य चोकमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा दिइरहेको छ । सहायता कक्षबाट माइकिङ गरेर यात्रुलाई सचेत गराउने, सुरक्षित यात्राका लागि आग्रह गर्ने, कोभिड–१९ का कारण हुन सक्ने जोखिमको लागि सचेत गराउने र चाडपर्वका बेला चोरी तथा आपराधिक घटना हुन सक्ने भएकाले निगरानीका लागि प्रहरीले विशेष सुरक्षा योजनासमेत लागू गरेको छ ।
आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । स्वबासी, सुकुम्वासी...
काठमाडौंको गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएको छ। विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीहरूले गौशालास्थित...