२०८० मंसिर २१
December 7, 2023, Thursday

सर्वसाधारणको आकर्षणको केन्द्र बन्यो नर्भिकको एनएबीएल आइएसओ सर्टिफाइड ल्याब

सर्वसाधारणको आकर्षणको केन्द्र बन्यो नर्भिकको एनएबीएल आइएसओ सर्टिफाइड ल्याब

काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलले अस्पतालस्तरमा पहिलो र एकमात्र एनएबिएल आइएसओ सर्टिफाइड प्रयोगशाला संचालन गरिरहेको छ । यसको गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्न थालेको छ ।

देशकै पहिलो र एकमात्र नेशनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याब्रोटोरिज( एनएबिएल) आइएसओ सर्टिफाइड ल्याब्रोटरी सञ्चालनमा रहेकोले पनि हस्पिटलले सबैको मन जित्न सकेको हो ।

प्रयोगशाला प्रमुख डा. सुशीलराम श्रेष्ठकाअनुसार एनएबिएलले तोकिदिएको मापदण्डअनुसारको गुणस्तरीयता कायम गरेका कारण पनि नर्भिक ल्याब्रोटोरीले सर्वसाधारणहरुको मन जित्न सफल भएको हो।

‘नर्भिकको ल्याब त्यस्तो ल्याब हो, जहाँबाट तयार हुने अधिकांश रिपोर्ट डाक्टरले भेरिफाइ गर्छन्। अरुमा टेक्निसियनको साइन राखेर रिपोर्ट दिइन्छ,’ डा. श्रेष्ठले भने, ‘हामीसँग ५ जना त प्याथोलोजिष्ट मात्र हुनुहुन्छ।

एकजना माइक्रोबायोलोजिष्टसहितको करिब ३५ जनाको टिमले नर्भिक ल्याब्रोटरीलाई ‘बी क्याटेगोरी’मा देशकै नमूना प्रयोगशाला बनाउने महत्वपूर्ण सफलता पाएको छ।’

उच्च गुणस्तर कायम गरेकै कारण नर्भिकको प्रयोगशालाबाट वार्षिक हजारौंले सेवा लिने गरेका उनले सुनाए। डा। श्रेष्ठले भने, नर्भिकले आफ्नो ल्याब्रोटोरीको क्वालिटी कन्ट्रोलमा जति ठूलो लगानी गरेको छ, अरुले सायदै गरेका होलान्। यहीकारण पनि हामीले दिने रिपोर्ट सधैं अब्बल हुन्छ।

डा। श्रेष्ठकाअनुसार आइएसओले बनाएको मापदण्डअनुसार नर्भिक ल्याब्रोटोरीमा काम हुन्छ। उनकाअनुसार इन्टरनलसँगै एक्सटर्नल क्वालिटी कन्ट्रोलको काम पनि हुन्छ। त्यो चाहिँ प्रत्येक महिना हुन्छ।

‘एक्सटर्नल क्वालिटी कन्ट्रोल चाहिँ हामीसँग सम्बन्ध नभएको कुनै थर्ड पार्टीले गर्छ। उसले प्रत्येक महिना स्याम्पल पठाउँछ। त्यसलाई हामीले मसिनमा रन गर्छौं, डेटा अनलाइनबाट सबमिट गर्छौं।

नेपालका धेरै ल्याबहरुबाट उत्पादन भएको डेटा समेत राखेर थर्ड पार्टीले मिन भ्यालू निकाल्छ। मेरो रिजल्ट अरुसँग कत्तिको फरक आयो भन्ने कुरा समेत हेरेर गुणस्तरीयता कायम गरिन्छ,’ डा। श्रेष्ठले भने।

Related News

पाटन अस्पतालले स्तन क्यान्सरका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
पाटन अस्पतालले स्तन क्यान्सरका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
  • २०७९ आश्विन १४, शुक्रबार १३:४८ गते

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्तन क्यान्सरका बिरामीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ । पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.अरुण...

खुल्दै छन् एचआइभी सङ्क्रमित
खुल्दै छन् एचआइभी सङ्क्रमित
  • २०७९ आश्विन १४, शुक्रबार १३:४८ गते

पाल्पामा एचआइभी सङ्क्रमित खुलेपछि उपचार गर्न सहज भएको छ । केही वर्षअघिसम्म लुकेर बसेका सङ्क्रमित हिजोआज खुलेर समाजिक काम तथा...

निजी अस्पतालले विपन्नलाई निःशुल्क सेवा दिने
निजी अस्पतालले विपन्नलाई निःशुल्क सेवा दिने
  • २०७९ आश्विन १४, शुक्रबार १३:४८ गते

धनगढी उपमहानगरपालिका भित्रका निजी अस्पतालले विपन्न, असहायर र बेवारिसे बिरामीलाई निःशुल्क उपचार सेवा दिने भएका छन् । एसोसियशन अफ प्राइभेट...

TOP