२०८० मंसिर २१
December 7, 2023, Thursday

आज दसैंको छैटौं दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै

आज दसैंको छैटौं दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै

काठमाडौं, नेपाली समाजमा भव्यताका साथ मनाइने पर्व बडा दशैंको छैटौं दिन आज कात्यायनी देवीको पूजा गरिँदै छ।

माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ। यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन्। तत्पश्चात उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन्।

राजर्षी जनककी पुत्री जानकी भएझैं कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन्।

माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ। उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ।

अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ।

देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ। देवी कात्यायनीको पूजाआराधनाका लागि आज देवीमन्दिर, शक्तिपीठ तथा दशैंघरहरुमा भक्तहरुको उपस्थिति रहेको छ।

Related News

ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
  • २०७९ आश्विन १५, शनिबार ०७:३८ गते

पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला...

नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
  • २०७९ आश्विन १५, शनिबार ०७:३८ गते

 नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
  • २०७९ आश्विन १५, शनिबार ०७:३८ गते

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...

TOP