एजेन्सी, रुसले रणनीतिक युक्रेनी सहर लिमानबाट आफ्ना सेना फिर्ता लिएको छ । रुसको यो कदमलाई पूर्वी युक्रेनमा महत्त्वपूर्ण धक्काको रूपमा हेरिएको छ।
रुसको रक्षा मन्त्रालयले सहरमा आफ्ना हजारौं सैनिकहरू युक्रेनी सेनाको घेराबन्दीमा परेकाले पछि हटाइएको जनाएको बीबीसीले जनाएको छ । अनलाइनमा शेयर भिडियो फुटेजमा युक्रेनी सैनिकहरूले शहरको बाहिरी भागमा आफ्नो राष्ट्रिय झण्डा फहराएको देखाइएको छ।
युक्रेनका लागि लिमानलाई पुनः कब्जा गर्नु रणनीतिक महत्त्वको सफलता बनेको छ। यो सहरलाई रूसले बन्दोबस्तीको केन्द्रको रूपमा प्रयोग गरेको थियो ।
लिमान सहर फिर्ता गरेका युक्रेनी सेनाहरूलाई डोनेट्स्क र लुहान्स्क क्षेत्रहरूमा पुग्न पनि सहज हुने अनुमान गरिएको छ । यद्यपि त्यहाँ अझै पनि लडाइँ जारी रहेको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो साँझको भिडियो सम्बोधनमा उल्लेख गरेका छन् ।
रुसले लिमान सहर रहेको डोनेत्स्कसहित खेरसन, लुहान्स्क र जापोरिजियालाई औपचारिक रुपमै आफ्नो क्षेत्रमा गाभेको छ ।
रुसको कदमको अमेरिका र युरोपेली युनियनले कडा निन्दा गर्दै युक्रेनी भूमि फिर्ताको लागि सहयोग गर्ने बताएका छन् । तर रुसले भने कब्जामा लिएका क्षेत्रको रक्षाको लागि आणविक हतियार प्रयोगसम्मको धम्की दिएको छ ।
अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...
अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...