२०८० मंसिर २१
December 7, 2023, Thursday

मकवानपुरको चुरियामाई नजिक बस दुर्घटना, २ जनाको मृत्यु, ३६ घाइते, पाँचजनाको अवस्था चिन्ताजनक

मकवानपुरको चुरियामाई नजिक बस दुर्घटना, २ जनाको मृत्यु, ३६ घाइते, पाँचजनाको अवस्था चिन्ताजनक

काठमाडौं– मकवानपुरमा आइतबार राति भएको भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।

काठमाडौंबाट दमकका लागि छुटेको ना ७ ख २०३२ नम्बरको बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा(१५ चुरियामाई नजिक दुर्घटनामा प्ररेको थियो।

दुर्घटनामा मृत्यु हुनेमा मोरङ बेलबारी-८ की ५१ वर्षीया कल्पना राजवंशी र झापाको दमक– ५ का दिल्लीबहादुर दर्जी रहेका छन्। कल्पनाको चुरेहिल अस्पताल दिल्लीबहादुरको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये केहीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि चितवन र काठमाडौं रेफर गरिएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये पाँचजनाको अवस्था चिन्ताजनक छ।

Related News

ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
  • २०७९ आश्विन १७, सोमबार ०९:०६ गते

पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला...

आमाबुवाको हत्या गर्ने पक्राउ
आमाबुवाको हत्या गर्ने पक्राउ
  • २०७९ आश्विन १७, सोमबार ०९:०६ गते

अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ। चौतिस वर्षीय...

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ आश्विन १७, सोमबार ०९:०६ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

TOP