२०८० मंसिर २०
December 6, 2023, Wednesday

दशैंमा ५७ अर्बले बढ्यो नगद सर्कुलेसन, निक्षेप १३ अर्ब घट्यो

दशैंमा ५७ अर्बले बढ्यो नगद सर्कुलेसन, निक्षेप १३ अर्ब घट्यो

काठमाडौं । दशैंमा नगद सर्कुलेसन ५७ अर्ब रुपैयाँले वृद्धि भएको छ । २६ भदौबाट नयाँ नोट सटही सुविधासँगै बढ्न लागेको नगद सर्कुलेसन २३ असोजसम्म आउँदा ५७ अर्बले वृद्धि भएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।

२६ भदौ अगाडि ६ खर्ब ७ अर्ब रहेको नगद सर्कुलेसन २३ असोमा ६ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको उनले बताए ।

यस्तै दशैंका लागि साना र ठूला दरको ५० अर्बको नोट सटही गरेको केन्द्रीय बैंकले दशैंका लागि साना दरको (५ देखि १०० रुपैयाँ सम्मका) १५ अर्ब र ठूला दरको (५०० र १००० दरका) ३५ अर्बको नोट सहटी भएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पोख्रेलले बताए ।

दशैंमा १३ अर्ब निक्षेप घट्यो

दशैंमा बैंकिङ प्रणालीबाट १३ अर्ब भन्दा बढी निक्षेप बाहिरिएको छ । दशैंको अगाडि १३ असोजमा ५१ खर्ब २७ अर्ब ९६ करोड रहेकोमा २३ असोजमा ५१ खर्ब १४ अर्ब ८२ करोडमा झरेको पोख्रेलले बताए ।

दशैंमा औपचारिक क्षेत्रमा कार्यरत कर्मचारी साथै निजामति कर्मचारीले डबल पारिश्रमिक पाउने र सरकारको खर्च पनि पनि वृद्धि हुँदा बजारमा पैसा आउँछ ।

तर, चाडपर्व मनाउन शहरका नागरिक गाउँ जाँदा नगद होल्ड हुने भएकोले पनि दशैंमा केही निक्षेप बाहिरिने गरेको छ ।

सोही अवधिमा कर्जा पनि ३ अर्बले घटेको छ । १३ असोजमा ४७ खर्ब ३५ अर्ब रहेको कर्जा २३ असोजमा घटेर ४७ खर्ब ३२ अर्बमा झरेको छ ।

दशैंको अवधिमा कर्जा लगानी नभएको तर भुक्तानी नियमित हुँदा लगानीमा रहेको कर्जा घटेको हुनसक्ने उनले बताए ।

२३ असोमा बैंकिङ प्रणालीमा ३४ अर्ब ६५ करोड तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । तर, यस अवधिमा केन्द्रीय बैंकबाट बैंकहरुले ७८ अर्ब ३ करोड ५९ लाख रुपैयाँ बराबरको तरलता सुविधा प्रयोग गरेका छन् ।

३० अर्बको रिपो, १ अर्ब ४८ करोडको रिभर्स रिपो र ४६ अर्ब ५५ करोड ५९ लाखको स्थायी तरलता सुविधा ९एसएलएफ० उपयोग गरेका छन् ।

दशैंमा प्रणालीबाट बाहिरिएको निक्षेप बैंकिङ प्रणालीमा आउन केही समय लाग्ने उनले बताए । गाउँ गाउँसम्म बैंकहरुको शाखा विस्तार भएकोले चाँडै बैंकहरुमा निक्षेप आउने उनले बताए ।

Related News

शेयर बजारमा सामान्य सुधार, कारोबार रकममा भने कमी
शेयर बजारमा सामान्य सुधार, कारोबार रकममा भने कमी
  • २०७९ आश्विन २४, सोमबार १८:४० गते

शेयर बजारमा आज सामान्य सुधार भएको छ । हिजो १० अङ्क भन्दा धेरैले घटेको शयर बजार परिसूचक नेप्से आज तीन...

सुनकाे भाउ आज पनि घट्याे, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै
सुनकाे भाउ आज पनि घट्याे, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै
  • २०७९ आश्विन २४, सोमबार १८:४० गते

सुनकाे भाउ आज बुधवार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८ सयले घटेर आज...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ आश्विन २४, सोमबार १८:४० गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

TOP