२०८० मंसिर २०
December 6, 2023, Wednesday

फेरि बढ्न थाल्यो तेलको मूल्य, प्रतिब्यारेल १०० डलर नाघ्ने संकेत

फेरि बढ्न थाल्यो तेलको मूल्य, प्रतिब्यारेल १०० डलर नाघ्ने संकेत

एजेन्सी, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा फेरि उछाल आएको छ।

गत साता कच्चा तेलको मूल्यमा भारी उछाल आएको हो। गत साताको अन्तिम कारोबार दिन शुक्रबार ब्रेन्ट तेलको भाउ ४.२७ प्रतिशत वा ४.०३ डलरले बढेर ९८.४५ डलर प्रतिब्यारेलमा बन्द भएको छ।

यसैगरी कच्चा तेल डब्ल्यूटीआई ५.३७ प्रतिशत अर्थात ४.७५ डलरले बढेर ९३.२० प्रतिब्यारेलमा बन्द भएको छ। यसरी नै मूल्य तीव्रगतिले बढ्ने हो भने आगामी दिनमा तेलको मूल्य १०० डलर प्रतिब्यारेल अर्थविदहरुको अनुमान छ।

कच्चा तेलको मूल्य बढ्नुमा तेल उत्पादक देशहरुको निर्णय मुख्य कारण रहेको बताइएको छ। तेल निर्यात गर्ने देशहरुको संगठन (ओपेक) र यसका सहयोगीहरु (ओपेक प्लस) ले गत बुधबार उत्पादन कटौती गर्ने निर्णय गरेको थियो।

ओपेक प्लसले नोभेम्बरदेखि दैनिक २० लाख ब्यारेल उत्पादन कटौती गर्ने निर्णय गरेको छ।

Related News

सुनकाे भाउ आज पनि घट्याे, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै
सुनकाे भाउ आज पनि घट्याे, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै
  • २०७९ आश्विन २४, सोमबार १०:३३ गते

सुनकाे भाउ आज बुधवार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८ सयले घटेर आज...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ आश्विन २४, सोमबार १०:३३ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

‘एनसेल खरिदबिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ’
‘एनसेल खरिदबिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ’
  • २०७९ आश्विन २४, सोमबार १०:३३ गते

सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रक्रिया कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने...

TOP