२०८० मंसिर २०
December 6, 2023, Wednesday

पूँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न प्रधानमन्त्री देउवाले गरे एनआरएनलाईआग्रह

पूँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न प्रधानमन्त्री देउवाले गरे एनआरएनलाईआग्रह

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन्।

मंगलबार गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभा तथा एनआरएन डे समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले संघलाई सहज रुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले हरेक गैरआवासीय नेपालीले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए।

न्द्यीक्ष्ःभ्
गैरआवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरुको विकास र प्रवर्द्धनमा सहयोग पुर्‍याउन आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ।

प्रधानमन्त्री देउवाले यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरुको संरक्षणमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री देउवाले निकट भविष्यमा नै गैरआवासीय नागरिकता सम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिबद्धता जनाए।

तपाईंहरुले धेरै उठाउँदै आएको कुरा नागरिकता सम्बन्धी सवाललाई पनि निकट भविष्यमा गैरनागरिकता सम्बन्धी ऐनमा समेटेर लैजाने छौँ। आफूसँग भएको सीप तथा पुँजी नेपालको विकासमा लगाउन आह्वान गर्दछु’, प्रधानमन्त्री देउवाले भने।

प्रधानमन्त्री देउवाले सरकारले गैरआवासीय नेपालीहरुको नेपाल आगमनमा सहजीकरणदेखि सम्पत्तिको सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे।

Related News

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ आश्विन २५, मंगलवार १७:२६ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ आश्विन २५, मंगलवार १७:२६ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
  • २०७९ आश्विन २५, मंगलवार १७:२६ गते

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...

TOP