२०८० मंसिर २०
December 6, 2023, Wednesday

अब जारको पानीको खुद्रा मूल्य ४७ र बोतलको १६ रुपियाँ

अब जारको पानीको खुद्रा मूल्य ४७ र बोतलको १६ रुपियाँ

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल तथा जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुुद्रा मूल्य तोकेको छ ।

सङ्घीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुुगमन उपसहमतिको अध्ययन प्रतिवेदनसमेतका आधारमा विभागले बोतल र जारको पानीको खुद्रा मूल्य तोकेको गरेको हो ।

विभागका अनुसार काठमाडौँ उपत्यकामा बोतल प्रतिलिटर पानीको अधिकतम खुद्रा मूल्य १६ रुपियाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपियाँ निर्धारण गरेको छ ।

उपत्यकाबाहिर एक लिटर बोतलको पानीको अधिकतम खुद्रा २० रुपियाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ६० रुपियाँ निर्धारण गरेको विभागले जनाएको छ ।

विभागका निर्देशक होमनाथ भट्टराईले यसअघि सङ्घीय संसद् प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुुगमन उपसहमतिको अध्ययन प्रतिवेदनका आधारमा मूल्य तय गरिएको जानकारी दिए ।

विभागले निर्धारण गरेको मूल्यभन्दा बढी लिएको पाइएमा कानुनअनुसार कारबाही गरिने पनि उनले जानकारी दिए ।

विभागका अनुसार निर्धारण गरेको प्रशोधित पानीको बोतल वा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली २०७६ बमोजिम सम्बन्धित बिक्रेतालाई हदैसम्मको कारबाही गरिनेछ ।

विभागले तोकेको मूल्यभन्दा बढी रकम तिरेर पानी खरिदसमेत नगर्न र काहीँकतै कसैले जबरजस्ती बढी रकम लिन खोजेमा विभाग वा मातहतका कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय वा स्थानीय तहमा सूचना दिन विभागले उपभोक्तालाई आग्रह गरेको छ ।

Related News

अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
  • २०७९ आश्विन २६, बुधबार ०९:४५ गते

औषधी  व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ आश्विन २६, बुधबार ०९:४५ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

आगो ताप्ने क्रममा जलेर ४५ वर्षीय नेपालीको मृत्यु
आगो ताप्ने क्रममा जलेर ४५ वर्षीय नेपालीको मृत्यु
  • २०७९ आश्विन २६, बुधबार ०९:४५ गते

 बाह्रबिसे नगरपालिका–८ दमैटोल बस्ने ४५ वर्षीय लोक बहादुर नेपालीको सोमबार राति आगोले जलेर मृत्यु भएको छ । आफ्नै घरमा आगो...

TOP