२०८० मंसिर २१
December 7, 2023, Thursday

एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना, कात्तिक ९ गतेदेखि फिल्डमा खटिने

एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना, कात्तिक ९ गतेदेखि फिल्डमा खटिने

काठमाडौं, आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना प्रक्रिया सम्पन्न भएको छ ।

भदौ ३० देखि असोज ६ सम्म आवेदन खोलेकोमा आइतबार ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट अन्तिम नतिजा प्रकाशन गरिएको छ ।

जिल्लागत रुपमा सबैभन्दा बढी मोरङमा ३ हजार ६ सय १६ र सबैभन्दा कम मनाङमा २ सय २८ जना म्यादी प्रहरी छनोट भएका छन् ।

भर्नाका लागि २ लाख ३२ हजार ८८ जनाले दरखास्त दिएका थिए । मागभन्दा आवेदन दिनेको संख्या दोब्बर बढी भएकाले छनोटबाट १ लाख १७ हजार ८८ जना बाहिरिएका छन् । पूर्वम्यादी, पूर्व सुरक्षाकर्मी, विदेशी सुरक्षा निकायमा खटिएकालाई छनोटको प्राथमिकतामा राखिएको थियो ।

छनोट भएका म्यादीलाई तालिम दिएर कात्तिको ९ गतेदेखि फिल्डमा खटाइने नेपाल प्रहरीले जनाएको छ । ४० दिनको कार्यावधि तोकेर तलब, भत्ता, रासन, पोसाकबापत् एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ म्यादीलाई उपलब्ध गराइनेछ ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ आश्विन २६, बुधबार ०९:४१ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ आश्विन २६, बुधबार ०९:४१ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ आश्विन २६, बुधबार ०९:४१ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP