२०८० मंसिर २१
December 7, 2023, Thursday

बिहीबार सेयर बजार उकालोतर्फ, ८२ करोडको कारोबार

बिहीबार सेयर बजार उकालोतर्फ, ८२ करोडको कारोबार

काठमाडौं। बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ । बुधबार ११ अंकले बढ्दै १८६६ विन्दूमा अडिएको नेप्सेमा बिहीबार थप ४ अंकले बढ्दै १८७०.६३ विन्दूमा उक्लिएको हो ।

यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.९५ अंकले बढ्दै ३६७.१४ विन्दूमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यसैगरी, कारोबार रकममा समेत आज अघिल्लो दिनको तुलनामा केही सुधार आएको छ ।

यस दिन ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको २६ लाख ९८ हजार कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन ११ अंकले बढेको बजारमा जम्मा ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो ।

आज हाइड्रोपावर बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् ।

Related News

दुई दिन घटेको सुनको मूल्य फेरि उकालो लाग्दै
दुई दिन घटेको सुनको मूल्य फेरि उकालो लाग्दै
  • २०७९ आश्विन २७, बिहीबार १७:२२ गते

मंगलवारयता दुई दिन घटेको सुनको मूल्य बिहीवार (आज) आज भने बढेको छ । नेपाली बजारमा बिहीवार (आज) सुनको मूल्य २००...

सुनकाे भाउ आज पनि घट्याे, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै
सुनकाे भाउ आज पनि घट्याे, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै
  • २०७९ आश्विन २७, बिहीबार १७:२२ गते

सुनकाे भाउ आज बुधवार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८ सयले घटेर आज...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ आश्विन २७, बिहीबार १७:२२ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

TOP