२०८० मंसिर २१
December 7, 2023, Thursday

मधेशमा हट्ने भए गठबन्धन दलका सबै मन्त्री

मधेशमा हट्ने भए गठबन्धन दलका सबै मन्त्री

जनकपुरधाम । मधेशका मुख्यमन्त्री लालबाबु राउतले सत्तारुढ गठबन्धन दलका मन्त्री हटाउने तयारी गरेका छन् । प्रदेश सरकारमा कांग्रेसका ३, एकीकृत समाजवादीका २ मन्त्री र एक राज्यमन्त्री, माओवादीका एक मन्त्री र एक राज्यमन्त्री छन् ।

यसअघि आजै प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेका थिए । जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई बर्खास्त गरेका थिए ।

मधेश सरकारका अर्थमन्त्री शैलेन्द्र साहका अनुसार मुख्यमन्त्री राउतले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुलाई मन्त्रिपरिषदबाट हटाउने तयारी गरेका हुन् ।

प्रदेशमा कांग्रेसबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादव‚ खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा र महिला बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह छन् भने माओवादी केन्द्रको तर्फबाट गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह र गृह तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण रहेका छन् ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीको तर्फबाट उद्योग‚ वन‚ पर्यटन तथा वातावरण मन्त्री शत्रुघन महतो, कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादव र राज्य मन्त्री नागेन्द्र राय यादव छन् ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ आश्विन २८, शुक्रबार ०७:२४ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ आश्विन २८, शुक्रबार ०७:२४ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ आश्विन २८, शुक्रबार ०७:२४ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP