२०८० मंसिर २१
December 7, 2023, Thursday

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन सुरु

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन सुरु

एजेन्सी, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औँ महाधिवेशन सुरु भएको छ । बेइजिङको ग्रेट हल अफ द पिपुल्समा सुरू भएको महाधिवेशनलाई पार्टीका अध्यक्ष तथा राष्ट्रपति सी चिनफिङले उद्घाटन सम्बोधन गरेका छन् ।

महाधिवेशनमा २२ सय ९६ जना प्रतिनिधिले भाग लिएका छन् । एक सय वर्ष भन्दा लामो इतिहास भएको सीपीसी विश्वकै धेरै सदस्यता भएको पार्टी हो । चीनभरि सीपीसीका ९ करोड ६० लाख पार्टी सदस्यहरू रहेका छन् ।

महाधिवेशनमा सीपीसी, केन्द्रीय समितिको अनुशासन निरीक्षण आयोगको प्रतिवेदनमाथि लेखाजोखा गरेर पार्टीका महत्त्वपूर्ण विषयहरुबारे छलफल र निर्णय गर्ने तथा कम्युनिस्ट पार्टीको नयाँ केन्द्रीय समिति र नयाँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्ने कार्यक्रम छ।

सात दिनसम्म चल्ने यस महाधिवेशनले चीनलाई आगामी पाँच वर्षसम्मको लागि दिशानिर्देश गर्नेछ ।

Related News

लेबनान–इजरायली सीमामा झडप जारी
लेबनान–इजरायली सीमामा झडप जारी
  • २०७९ आश्विन ३०, आईतवार ०९:५५ गते

अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...

रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
  • २०७९ आश्विन ३०, आईतवार ०९:५५ गते

अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
  • २०७९ आश्विन ३०, आईतवार ०९:५५ गते

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...

TOP