२०८० मंसिर २०
December 6, 2023, Wednesday

टी–२० विश्वकप क्रिकेट आजदेखि

टी–२० विश्वकप क्रिकेट आजदेखि

एजेन्सी, आईसीसी टी–२० विश्व कप क्रिकेट आइतबारदेखि अस्ट्रेलियामा सुरु हुँदैछ । भिक्टोरियामा हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दैछन् ।खेल नेपाली समयअनुसार बिहान पौने १० बजे सुरु हुनेछ ।

नामिबिया दोस्रो पटक विश्व कप खेल्दैछ । श्रीलङ्का पूर्व च्याम्पियन र अहिलेसम्मका सबै विश्व कपमा सहभागी टोली हो । आइतबारकै दोस्रो खेलमा दिउँसो पौने २ बजे यूएई र नेदरल्यान्ड खेल्दैछन् । यूएई दोस्रो पटक र नेदरल्यान्ड पाँचौँ पटक विश्व कप खेल्न लागेको हो ।

यो विश्व कपमा आयोजक अस्ट्रेलियासहित नामिबिया, श्रीलङ्का, यूएई, नेदरल्यान्ड, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड, स्कटल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान, इङ्ग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बङ्लादेश गरी १६ टोली सहभागी छन् ।

टी–२० विश्व कपमा अहिलेसम्मका ७ संस्करणमा ६ टोली च्याम्पियन बनेका छन् । वेस्टइन्डिजले दुई पटक विश्व कप जितेको छ । अघिल्लो वर्षको विजेता अष्ट्रेलियाले यो वर्ष विश्वकपको आयोजना गरेको हो

Related News

नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
  • २०७९ आश्विन ३०, आईतवार १०:०५ गते

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...

दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
  • २०७९ आश्विन ३०, आईतवार १०:०५ गते

 दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...

बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
  • २०७९ आश्विन ३०, आईतवार १०:०५ गते

बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...

TOP