२०८० मंसिर २१
December 7, 2023, Thursday

पशुपति क्षेत्र विकास कोषले जारी गर्यो धर्मशालाको मापदण्ड विपरीतका संरचना हटाउन ३५ दिने सूचना

पशुपति क्षेत्र विकास कोषले जारी गर्यो धर्मशालाको मापदण्ड विपरीतका संरचना हटाउन ३५ दिने सूचना

काठमाडौ, पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशाला सञ्चालक समितिलाई ३५ दिनभित्र मापदण्ड विपरीतका संरचनाहरु हटाउन सूचना जारी गरेको छ।

शुक्रबार (४ कात्तिक) एक सूचना जारी गर्दै क्षेत्र विकास कोषले समितिले सम्झौता विपरितका कार्यहरु गरेको पाईएकोले संरचना हटाउन निर्देश गरेको हो।

मारवाडी सेवा समिति नेपाल, गौशाला धर्मशाला संचालक समितिले धर्मशाला सञ्चालन उद्देश्य मुताविक नभएको, विशुद्ध रुपमा गौपालन, नन्दी सेवा तथा तीर्थयात्रीहरुलाई धर्मशाला (आवास) सञ्चालन मात्र गरेको हुनुपर्नेमा त्यस विपरित भएको भन्दै संरचना हटाउन सूचना जारी गरिएको जनाइएको छ।

‘मारवाडी सेवा समिति नेपालद्वारा सञ्चालित पशुपति गौशाला धर्मशाला सञ्चालक समितिलाई मिति २०७९/६/२६ गतेको पत्रबाट गौशाला धर्मशाला सञ्चालन उद्देश्य मुताविक नभएको, विशुद्ध रुपमा गौपालन, नन्दी सेवा तथा तीर्थयात्रीहरुलाई धर्मशाला (आवास) सञ्चालन मात्र गरेको हुनुपर्नेमा त्यस समितिले सम्झौता विपरितका कार्यहरु गरेको पाईएकोले सम्झौता र मापदण्ड विपरितका संरचनाहरु ३५ (पैतिस) दिन भित्र हटाउन यो सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ, ‘अन्यथा नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ।’

Related News

ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
  • २०७९ कार्तिक ४, शुक्रबार ०८:५१ गते

पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला...

नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
  • २०७९ कार्तिक ४, शुक्रबार ०८:५१ गते

 नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
  • २०७९ कार्तिक ४, शुक्रबार ०८:५१ गते

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...

TOP