काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले आफूलाई हटाउन प्रयोग भएको सर्वोच्च अदालत पछिल्लो समय सेटिङको अखडामा परिणत भएको आरोप लगाएका छन्।
शनिबार एमाले ललितपुरले तिहार तथा नेपाल संवत् अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष ओलीले कुनै व्यक्तिलाई प्रधानमन्त्री तोक्न घन्टा तोकेर दिइएको परमादेश ऐतिहासिक गल्ती भए पनि अब त्यस्तो दोहोरिन नदिइने बताए।
ओलीले भने, ‘अदालतले संविधानका नाममा जे मन लाग्यो, त्यही फैसला गर्छ। अदालतमा न्यायाधीशले हड्ताल गरेर तमासा देखाउँछन्। प्रधानन्यायाधीशलाई कुर्सीमा बस्न दिइँदैन।
एउटा न्यायाधीशले अर्कोलाई लाञ्छित गर्छ। प्रधानन्यायाधीशलाई घरमै नजरबन्द गरिन्छ। अधिवक्ता र तिनका संस्थाले न्यायालयको हुर्मत लिएका छन्। यो तमासा हो।’
अध्यक्ष ओलीले कानून हातमा लिने काममा न्यायाधीश र वकिलहरू नै लागेको आरोप लगाए। लोकतन्त्रलाई परमादेश होइन, जनादेशमार्फत बलियो बनाउन ४ मंसिरमा जनताले फैसला गर्नुपर्ने ओलीको भनाइ छ।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...