एजेन्सी, सुडानको दक्षिणमा रहेको ब्लू नाइल राज्यमा पछिल्ला दुई दिनमा जातीय द्वन्द्वमा कम्तीमा १५० जनाको मृत्यु भएको बताइएको छ ।
हालैका महिनाहरूमा यो लडाइँ सबैभन्दा खराब भएको बताइएको छ। गतहप्ता भूमि विवादपछि प्रतिद्वन्द्वी जातीय समूहहरूबीच हिंसा भड्किएको थियो जसमा एक दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
हिंसा नियन्त्रण गर्न रातभर कर्फ्यू लगाइएको थियो । लागावामा हिंसा बढेको र ब्लू नाइल क्षेत्रमा द्वन्द्वको पुनरुत्थानबाट चिन्तित भएको संयुक्त राष्ट्रसंघले भनेको छ ।
सुरक्षासहित स्थानीय समुदायको आवश्यकतालाई प्राथमिकता दिने र द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्ने पूर्ण रूपमा कार्यात्मक विश्वसनीय सरकार बिना दिगो शान्ति सम्भव छैनु, सुडानमा संयुक्त राष्ट्र संघको एकीकृत संक्रमण सहायता मिसनले एक विज्ञप्तिमा भनेको छ ।
सुडानमा गतवर्षको सैन्य विद्रोहपछि राजनीतिक अशान्ति र हिंसा भइरहेको छ ।
अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...
अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...