२०८० चैत्र १६
March 29, 2024, Friday

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई ५० हजार पुरस्कार दिने

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई ५० हजार पुरस्कार दिने

काठमाडौं , निर्वाचन आयोगले निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई ५० हजार पुरस्कार दिने भएको छ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने भएको हो।

टिकटक भिडियोमा निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित रहेर उत्कृष्ट बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई नगद पुरस्कृत गर्ने निर्णय गरेको हो ।

टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि १ मिनेटसम्मको भिडियो बनाएर आयोगको इमेल ठेगाना tiktik@ecn.gov.np मा कात्तिक ५ गतेदेखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ।

आयोगले प्राप्तमध्ये उत्कृष्ट पाँचवटा भिडियोलाई जनही ५० हजार रुपैयाँ पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्ने छ।

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७९ कार्तिक ५, शनिबार १७:५५ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
  • २०७९ कार्तिक ५, शनिबार १७:५५ गते

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ आगामी २०८१ माघ ११...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ कार्तिक ५, शनिबार १७:५५ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

TOP