धनगढी, आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी र कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लोकतान्त्रिक बाम-गठबन्धनको संयुक्त भेलाको आयोजना गरिएको छ।
बिहान धनगढीमा तथा दिउँसो वीरेन्द्रनगरमा आयोजना हुने भेलामा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको उपस्थिती रहने जनाइएको छ।
धनगढीको भेला सकेर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी केन्द्र का अध्यक्ष माधवकुमार नेपालसहित अन्य शीर्षस्थ नेताहरू सुर्खेत जाने जनाइएको छ।
भेलामा सम्बन्धित प्रत्येक जिल्लाहरूबाट उम्मेदवार तथा प्रत्येक दलबाट निश्चित नेताहरूको सहभागिता रहने जनाइएको छ।
काठमाडौं । आम जनता पार्टी (आजपा)ले बिभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आजपाको बसेको स्थायी कमिटीको बैठकको निर्णय...
आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । स्वबासी, सुकुम्वासी...