२०८० मंसिर २१
December 7, 2023, Thursday

टि-२० विश्वकप क्रिकेट : रोमाञ्चक खेलमा भारतसँग पाकिस्तान पराजित

टि-२० विश्वकप क्रिकेट : रोमाञ्चक खेलमा भारतसँग पाकिस्तान पराजित

एजेन्सी, टि ट्वान्टी विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई पराजित गरेको छ। केही बेरअघि सकिएको रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको हो। १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो ।

सुरुआतमै ४ विकेट गुमाएर दबाबमा आएको भारतलाई बिराट कोहलीले उद्दार गरेका थिए । उनलाई हार्दिक पाण्डेयले पनि साथ दिए ।

कोहलीले ८२ रन बनाए । पाण्डेयले ४० रनको योगदान गरे । एक समय भारत पराजयको नजिक पुगेको थियो । तर अन्तिम दुई ओभरमा उसले खेल आफ्नो पक्षमा ल्यायो ।

अन्तिम ओभरमा उसलाई जितका लागि १६ रन चाहिएको थियो । एउटा नो बल भएपछि भारतको भाग्य चम्किएको थियो । पाकिस्तानका लागि हरिस रौंफ र मोहम्मद नबाजले २(२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै ओभर खेलेर ८ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो।

सुरुवातबाटै संकटमा परेको पाकिस्तानी इनिङ्स सान मसुद र एक्तिखार अहमद्ले अर्धशतक बनाएर उकासेका थिए । भारतका लागि अर्सदीप सिंह र हार्दिक पाण्डेले तीन(तीन विकेट लिए।

Related News

नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
  • २०७९ कार्तिक ७, सोमबार ०९:०७ गते

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...

दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
  • २०७९ कार्तिक ७, सोमबार ०९:०७ गते

 दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...

बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
  • २०७९ कार्तिक ७, सोमबार ०९:०७ गते

बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...

TOP