२०८० मंसिर २०
December 6, 2023, Wednesday

नेपालमा पनि ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी भेटियो

नेपालमा पनि ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी भेटियो

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा साउन २१ देखि आश्विन १४ सम्म विभिन्न उमेर समूहका व्यक्तिहरुमा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पहिचान भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारिले आइतबार विज्ञप्ति मार्फत जानकारी दिए ।

एक्सबीबी भने विभिन्न कारणले अहिलेसम्मकै सबैभन्दा खराब भाइरस मानिएको छ । अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

चाडवर्वको समयमा जमघट बढी हुने भएकाले कोभिड-१९ तिव्र गतिमा फैलिने संभावना उच्च रहेकाले संक्रमण रोक्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

Related News

रुसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ
रुसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ
  • २०७९ कार्तिक ७, सोमबार ०८:३१ गते

 रुसी सेनामा नेपाली पठाउने गिरोहका सदस्यहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझसम्म नेपाली युवाहरुलाई अवैध...

पाटन अस्पतालले स्तन क्यान्सरका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
पाटन अस्पतालले स्तन क्यान्सरका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
  • २०७९ कार्तिक ७, सोमबार ०८:३१ गते

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्तन क्यान्सरका बिरामीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ । पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.अरुण...

लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने माग गर्दै आजपाले जनकपुरमा प्रदर्शन गर्दै
लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने माग गर्दै आजपाले जनकपुरमा प्रदर्शन गर्दै
  • २०७९ कार्तिक ७, सोमबार ०८:३१ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा) ले बिभिन्न माग गर्दै २० मंसिरमा मधेस प्रदेशको जनकपुरधाममा प्रदर्शन गर्ने निर्णय गरेको छ...

TOP