एजेन्सी, बेलायतको नयाँ प्रधानमन्त्रीमा ऋषि सुनक नियुक्त भएका छन्। मंगलबार बेलायतका राजा चार्ल्स तृतीयले सुनकलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रधानमन्त्रीमा नियुक्त हुनुअघि सुनकलाई सरकार गठनका लागि बेलायती राजा चार्ल्स तृतीयले आमन्त्रण गरेका थिए।
पूर्वमन्त्री पेनी मोर्डन्टले प्रधानमन्त्री पदमा प्रतिस्पर्धा नगरेपछि ४२ वर्षीय सुनक निर्वाचित भएका हुन्।
प्रधानमन्त्री नियुक्त भएपछि सुनकले आफू हरेक तहमा इमान्दारिता, व्यावसायिकता र जवाफदेहिता हुने बताए।
बेलायतकी प्रधानमन्त्री लिज ट्रसले ४५ दिनमै राजीनामा दिएपछि प्रतिस्पर्धामा रहेका सुनकलाई नेतृत्वमा आएका हुन्।
गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम...
आफूहरूले निर्माण गरिरहेको सुरुङ भत्किएर सुरुङभित्रै १७ दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका भारतीय कामदारहरूले कठिन परीक्षाको त्रास, आशा र प्रार्थनाले...
प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजरायल र हमासबिचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । मध्यस्थकर्ताहरूले दुवै...