२०८० मंसिर १४
November 30, 2023, Thursday

जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका ५४८ समानुपातिक उम्मेदवारको नाम हटायो आयोगले

जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका ५४८ समानुपातिक उम्मेदवारको नाम हटायो आयोगले

काठमाडौ, निर्वाचन आयोगले विभिन्न राजनीतिक दलले बुझाएको समानुपातिक उम्मेदवारको सूचीबाट ५४८ जना उम्मेदवारको नाम हटाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंगलबार सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन्।

थपलियाले लेखेका छन्, ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएका ५४८ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरिएको छ।’

आयोगले यही कात्तिक नौ गते समानुपातिक उम्मेदवारको बन्दसूची प्रकाशन गर्ने जानकारी दिएको छ।

Related News

बिदेशी नागरिकता लिएकाहरुको सम्पति कब्जा गरि राज्यलाई बुझाउने आजपाको निर्णय
बिदेशी नागरिकता लिएकाहरुको सम्पति कब्जा गरि राज्यलाई बुझाउने आजपाको निर्णय
  • २०७९ कार्तिक ८, मंगलवार १९:३८ गते

काठमाडौं । आम जनता पार्टी (आजपा)ले बिभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आजपाको बसेको स्थायी कमिटीको बैठकको निर्णय...

राष्ट्रियसभा सदस्यका लागि माघ ११ गते गर्ने निर्वाचन गर्ने निर्णय
राष्ट्रियसभा सदस्यका लागि माघ ११ गते गर्ने निर्वाचन गर्ने निर्णय
  • २०७९ कार्तिक ८, मंगलवार १९:३८ गते

सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा...

लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
  • २०७९ कार्तिक ८, मंगलवार १९:३८ गते

आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...

TOP