२०८० मंसिर २१
December 7, 2023, Thursday

बन्द भयो १० दिनका लागि माथिल्लो तामाकोशीबाट बिजुली उत्पादन

बन्द भयो १० दिनका लागि माथिल्लो तामाकोशीबाट बिजुली उत्पादन

काठमाडौं । माथिल्लो तामाकोशी आयोजनाको जलविद्युत् केन्द्र (पावर हाउस) केही दिनका लागि बन्द गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाको उत्पादन रोकेर संरचनाहरूको नियमित निरीक्षण गर्न थालेको छ ।

दोलखाको विगु गाउँपालिका-१, लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्यत केन्द्रको बाँध, बालुवा थिग्य्राउने पोखरी र मुख्य सुरुङसहित प्रसारणलाइन र सबस्टेसनको प्राविधिक निरीक्षणका लागि आयोजनाबाट हुने बिजुली उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ ।

हिजो रातिदेखि नै आयोजनाको पोखरीको पानी नदीमा छाडिएको छ ।

तामाकोशी हाइड्रोपावर कम्पनीका सीईओ विज्ञान श्रेष्ठका अनुसार तिहार र छठको समयमा मौसमको अनुकुल रहेको र र समग्र बिजुलीको खपत कम हुने भएकोले अहिले निरीक्षण गर्न लागिएको हो । करिब ८ देखि १० दिनभित्र सबै काम सकिने उनले बताए ।

सुरुङको पानी खाली गर्न र पुनः भर्न दुई/दुई दिन लाग्नेछ । ‘विदेशी परामर्शदाता लगायत आयोजनामा कार्यरत सबै प्राविधिकहरू चाडबाडको समयमै उत्साहका साथ खटिनुभएको छ, श्रेष्ठले भने ।

१२ असार, २०७८ मा आयोजनाको बाँध, मुख्य सुरुङ र पेनस्टकको ‘वेट टेस्ट’ भएको थियो । १० भदौ २०७८ गतेदेखि प्रारम्भिक रुपमा र २४ भदौ २०७८ देखि सबै ६ वटा युनिटहरूबाट ४५६ मेगावाटको व्यापारिक उत्पादन सुरु भएको थियो ।

माथिल्लो तामाकोशीको नियमित कार्यतालिका अनुसार १६ महिनापछि जलाशय र मुख्य सुरुङको पानी खाली गरी ती संरचनाहरूको स्थलगत निरीक्षण गर्ने कार्यक्रम तय भएको हो ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ कार्तिक ८, मंगलवार १७:०५ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ कार्तिक ८, मंगलवार १७:०५ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ कार्तिक ८, मंगलवार १७:०५ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP