२०८० मंसिर २०
December 6, 2023, Wednesday

बैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने महिला पत्रकार केसीको सहयोगमा भारतमा फेला

बैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने महिला पत्रकार केसीको सहयोगमा भारतमा फेला

काठमाडौ, बैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने एक पहिलालाई भारतबाट नियन्त्रणमा लिएको छ ।

बिदेश पठाउँछु भन्दै पैसा लिएर नक्कली भिषा लगाउने आफनो नामसमेत परिर्वतन गर्दै हिडने स्थायी ठेगाना इलाम बताउने सरु चाम्लिडं राई बास्तबिक नाम भने सरला श्रेस्ठलाई पत्रकार कुशलब खत्रीको सहयोगमा नियन्त्रण्मा लिएको हो ।

श्रेस्ठले बिदेश पठाइ दिन्छु भनेर नयन मल्ल र बस्न्त मल्ल लगायतको समूहबाट हालसम्म तीस लाख भन्दा बढी रकम लिएको राईले आफैं स्वीकार गरेकी छन् ।

श्रेस्ठले नेपालमा ठगी गरेर भारतको नयाँ दिल्लीमा बस्ने गरेको पाइएको छ । जन गुनासोमा पटक पटक आएको गुनासो पछि पीडित सहित पत्रकार केसीको टोली काठमाडौबाट हवाइ मार्ग हुँदै भारतको राजधानी नयाँ दिल्ली गएको थियो ।

पीडित र पत्राकारको टोली पीडक बस्ने गरेको भनिएको भारतको पुरानो राजधानी मजुनकाटिलामा रहेको होटल अलास्का पुगेको थियो ।

श्रेस्ठले पीटितलाई भारतबाट नै बिदेश पठाइ दिने भन्दै पीडकलाई पटक पटक बोलाएर दुख दिैदै आएकी थिइन । पत्रकार सहितको टोली दिल्ली पुग्दा समेत उनी अनेक बहाना बनाएर उम्कने प्रयासमा थिइन् ।

तर, पत्रकार केसीको टोलीले नछाडने भएपछि श्रेस्ठ गाडीमा बस्न तयार भएकी थिइन् । लामो समयदेखि भारतमा बसेर नेपाली यूवा ठग्दै आएकी सरलाको आखिरिमा केही लागेन र प्रहरीकोमा आउन बाध्य भइन् ।

श्रेस्ठलाई नियन्त्रणमा लिन पत्रकार केसी दशैं पनि नभनी एक साता भारत बसेका थिए । ठूलो प्रयास पछि मात्र श्रेस्ठलाई नियन्त्रण लिन सकिएको थियो ।

Related News

अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
  • २०७९ कार्तिक ८, मंगलवार ११:१० गते

औषधी  व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...

आगो ताप्ने क्रममा जलेर ४५ वर्षीय नेपालीको मृत्यु
आगो ताप्ने क्रममा जलेर ४५ वर्षीय नेपालीको मृत्यु
  • २०७९ कार्तिक ८, मंगलवार ११:१० गते

 बाह्रबिसे नगरपालिका–८ दमैटोल बस्ने ४५ वर्षीय लोक बहादुर नेपालीको सोमबार राति आगोले जलेर मृत्यु भएको छ । आफ्नै घरमा आगो...

रुसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ
रुसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ
  • २०७९ कार्तिक ८, मंगलवार ११:१० गते

 रुसी सेनामा नेपाली पठाउने गिरोहका सदस्यहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझसम्म नेपाली युवाहरुलाई अवैध...

TOP