२०८० मंसिर १४
November 30, 2023, Thursday

टी-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग बंगलादेश फराकिलो अन्तरले पराजित

टी-ट्वान्टी  विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग बंगलादेश फराकिलो अन्तरले पराजित

एजेन्सी, आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । सिड्नीमा बिहीबार दक्षिण अफ्रिकाले बंगलादेशलाई १ सय ४ रनले हराएको हो ।

२ सय ६ रनको लक्ष्य पछ्याएको बंगलादेश १६ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा सीमित भयो । लिटोन दासले सर्वाधिक ३४ रन जोडे ।

दक्षिण अफ्रिकाका एन्रीच नोर्कियाले ४ तथा ताब्रेज शम्सीले ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले रिली रस्सोले शतक मद्दतले ५ विकेट गुमाएर २ सय ५ रन जोडेको थियो ।

रस्सोले १ सय ९ रन बनाए भने क्विन्टन डी ककले ६३ रनको योगदान गरे । समूह २ को दक्षिण अफ्रिकाले २ खेलबाट ३ अंक जोडेको छ ।

Related News

भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज
भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज
  • २०७९ कार्तिक १०, बिहीबार १५:५५ गते

भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । यो खेल तिरुवनन्तपुरममा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु...

आजदेखि केपी ओली कप टी-२० क्रिकेट, १२ टिम खेल्दै
आजदेखि केपी ओली कप टी-२० क्रिकेट, १२ टिम खेल्दै
  • २०७९ कार्तिक १०, बिहीबार १५:५५ गते

गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही मङ्सिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी—२० क्रिकेट’ प्रतियोगितामा...

पोखरामा मंसिर ९ गते क्रस–कन्ट्री दौड, चीनबाट १५० जना खेलाडी आउने
पोखरामा मंसिर ९ गते क्रस–कन्ट्री दौड, चीनबाट १५० जना खेलाडी आउने
  • २०७९ कार्तिक १०, बिहीबार १५:५५ गते

 पोखरामा मंसिर ९ गर्ने अन्तर्राष्ट्रियस्तरको माउन्टेन क्रस–कन्ट्री प्रतियोगिता हुने भएको छ । आज पर्यटन बोर्डमा पत्रकार सम्मेलन आयोजना गर्दै ‘साझा...

TOP