२०८० मंसिर २१
December 7, 2023, Thursday

टी–२० विश्वकप क्रिकेटमा भारतको दोस्रो जीत, नेदरल्याण्ड्स पराजित

टी–२० विश्वकप क्रिकेटमा भारतको दोस्रो जीत, नेदरल्याण्ड्स पराजित

एजेन्सी, टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जीत हात पारेको छ । त्यस त्रममा उसले नेदरल्याण्ड्सलाई ५६ रनले हराएको छ ।

सिड्नीमा जीतका लागि १८० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो ।

उसका लागि टिम प्रिङ्लेले २० रन बनाए । सहरिज अहमद १६ रनमा नट आउट रहे भने बास डी लिड्स र म्याक्स ओडोड समान १६ रनमै आउट भए ।

भारतका लागि भुवनेश्वर कुमार, अर्शदीप सिंह, अक्षर पटेल र रविचन्द्रन आश्विनले समान २ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।

भारतका ३ जना ब्याट्सम्यानले अर्धशतक पूरा गरेका थिए । ओपनर केएल राहुल व्यक्तिगत ९ रनमा आउट भएपनि अर्का ओपनर रोहित शर्माले ५३ रन बनाए । उनले ४ चौका र ३ छक्का हाने ।

नेदरल्याण्ड्सविरुद्धको तेश्रो छक्कासँगै रोहित टी–२० विश्वकपमा सबैभन्दा धेरै छक्का हान्ने भारतीय खेलाडी बनेका छन् । उनले ३३ छक्का हानेका युवराज सिंहलाई उछिनेका हुन् ।

नेदरल्याण्ड्सँगका खेलमा विराट कोहली ६२ र सूर्यकुमार यादव ५१ रनमा नट आउट रहे । कोहलीले ३ चौका र २ छक्का तथा यादवले ७ चौका र १ छक्का हानेका थिए । कोहलीले यसअघि पाकिस्तानलाई हराएको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेदरल्याण्ड्सका फ्रेड कलास्सेन र पउल भान मिकेरेनले १–१ विकेट लिए ।

Related News

नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
  • २०७९ कार्तिक १०, बिहीबार १६:४० गते

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...

दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
  • २०७९ कार्तिक १०, बिहीबार १६:४० गते

 दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...

बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
  • २०७९ कार्तिक १०, बिहीबार १६:४० गते

बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...

TOP