२०८० मंसिर २०
December 6, 2023, Wednesday

पहिरोका कारण अवरुद्ध भएको ५ महिनापछि खुल्यो साँफे–मार्तडी सडक

पहिरोका कारण अवरुद्ध भएको ५ महिनापछि खुल्यो साँफे–मार्तडी सडक

मार्तडी– नेपालमा मनसुन सुरु नहुँदैको वर्षासँगैको पहिरोले गत जेठदेखि अवरुद्ध भएको बाजुरा सदरमुकाम जोड्ने साँफेबगर–मार्तडी सडक सञ्चालनमा आएको छ।

अम्कोट खण्डमा गएको पहिरोका कारण साँफे–मार्तडी सडक ५ महिनादेखि अवरुद्ध थियो।

वर्षात् कम भएपछि पहिरो हटाउन सुरु गरिएकोमा करिब ३ साताको नियमित प्रयासपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी दिएको छ।

बाजुराको बुढीगंगा नगरपालिका–१ क्षेत्रमा विगत ४ वर्षदेखि पहिरो, गेग्रान बहान र बाढीका कारण सडक अवरुद्ध हुँदै आएको छ। यसअघि गत वर्षपनि करिब ५ महिना नै उक्त सडक अवरुद्ध भएको थियो।

साँफे–मार्तडी सडकखण्ड सञ्चालनमा आएपनि मार्तडी–कोल्टी सडकखण्ड भने सञ्चालनमा आउन सकेको छैन।

Related News

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ कार्तिक १०, बिहीबार ०८:५२ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
  • २०७९ कार्तिक १०, बिहीबार ०८:५२ गते

औषधी  व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ कार्तिक १०, बिहीबार ०८:५२ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

TOP