२०८० मंसिर २१
December 7, 2023, Thursday

कांग्रेसले सार्वजनिक गर्यो निर्वाचन घोषणापत्र

कांग्रेसले सार्वजनिक गर्यो निर्वाचन घोषणापत्र

काठमाडौं। नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि तयार गरेको संकल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्री देउवा, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालगायत शीर्ष नेताहरूको उपस्थितिमा घोषणापत्र सार्वजनिक भएको छ।
महामन्त्री शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो।

घोषणापत्रलाई अर्थविद् स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा उपसमितिले तयार गरेको छ। कांग्रेसको घोषणापत्रका लागि वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले, युवा राजनीतिक विश्लेषक शंकर तिवारी, महामन्त्री थापाका राजनीतिक सल्लाहकार प्रताप पौडेललगायतले तयार गरेका हुन्।

यसअघि ७ कात्तिक सार्वजनिक गर्ने भनिएको उक्त घोषणापत्र कार्यक्रम स्थगित गरिएको थियो।

Related News

राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
  • २०७९ कार्तिक १२, शनिबार ११:१० गते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...

ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
  • २०७९ कार्तिक १२, शनिबार ११:१० गते

पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला...

नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
  • २०७९ कार्तिक १२, शनिबार ११:१० गते

 नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...

TOP