एजेन्सी, अस्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकपमा आज एक खेल हुने तालिका छ । आज न्यूजिल्याण्ड र श्रीलंका खेल्दै छन् । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ देखि सिड्नीमा सुरु हुनेछ ।
न्यूजिल्याण्ड जारी विश्वकपमा दोस्रो जीत निकाल्न चाहन्छ । उसले पहिलो खेलमा आयोजक अस्ट्रेलियालाई ८९ रनले हराएको थियो ।
दोस्रो खेलमा भने न्यूजिल्याण्डले वर्षाका कारण अफगानिस्तानसँग अंक बाँड्यो । श्रीलंकाले पहिलो खेलमा आयरल्याण्डलाई ९ विकेटले हराएको थियो । दोस्रो खेलमा भने ऊ अस्ट्रेलियासँग ७ विकेटले पराजित भयो ।
श्रीलंका न्यूजिल्याण्डलाई हराउँदै लयमा फर्कन चाहन्छ । न्यूजिल्याण्ड भने आफ्नो लय कायमै राख्ने सोचमा छ । जारी विश्वकपमा श्रीलंकन टोलीको कप्तानी अलराउन्डर दासुन शानाकाले गरिरहेका छन् ।
गत संस्करण उपविजेता न्यूजिल्याण्डको नेतृत्व भने केन विलियम्सनले नै गरिरहेका छन् ।
पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...
दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...
बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...