२०८० मंसिर २१
December 7, 2023, Thursday

अहिलेसम्मका चुनावमध्ये गोरखामा सहज र रिल्याक्स फिल गरेको छु : अध्यक्ष दाहाल

अहिलेसम्मका चुनावमध्ये गोरखामा सहज र रिल्याक्स फिल गरेको छु : अध्यक्ष दाहाल

गोरखा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेसम्मको चुनावमध्ये आफ्ना लागि गोरखा सहज भएको बताएका छन् । उनले गोरखामा रिल्याक्स फिल गरेको पनि बताए ।

आइतबार बिहान भच्चेकमा कार्यकर्ता तथा मतदातामाझ छोटो अन्तरक्रियामा उनले गठबन्धनभित्र दरिलो एकता भएको बताएका छन् ।

अध्यक्ष दाहालले भने, ‘गोरखा आउन पाएकोमा खुसी छु । अहिलेसम्मको निर्वाचनमा भन्नुपर्दा मेरो लागि एक ढंगले सहज । यहाँ आउँदा रिल्याक्सजस्तो फिल गरेको छु ।

गोरखामा निश्चित सपना बोकेर आएको छु । गोरखामा आउनुको उद्श्य इतिहास, पछिल्लो माओवादी आन्दोलनको दृष्टिकोणले गोरखा महत्वपूर्ण जिल्लाभित्र पर्छ । गठबन्धनभित्र पनि दरिलो एकता भएको छ ।’

राजनीतिक परिवर्तन र क्रान्ति धेरै भएपनि जनताको परिवर्तन सुशासन र विकासले गति लिएर परिवर्तनको औचित्य सिद्ध गर्ने कुरा भनेको जस्तो नभएको उनले स्वीकारे ।

भौतिक पूर्वाधार, सडक सञ्जाल गोरखामा आफ्नो प्राथमिकता भएको भन्दै प्रचण्डले विकास र समृद्धिको यात्रा गोरखाबाट सुरू गरेर संसारभरलाई देखाउने दाबी गरे ।

‘गोरखामा भौगोलिक, ऐतिहासिक, साँस्कृतिक आधार छन् । आउने ५ देखि १० वर्षभित्र नेपालमा समृद्धिको नयाँ अभियान अघि बढाएर सफल पार्न सकिएन भने राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न गार्‍हो हुन्छ । जनक्रान्तिको थलोबाटै यसको थालनी गर्न तपाईँमाझ आएको छु’, उनको भनाइ थियो ।

गोरखामा आफूलाई ल्याएकोमा दाहालले बाबुराम भट्टराईलाई धन्यवादसमेत दिए ।

उनले भने, ‘सधैँ एउटै मान्छे एकैठाउँमा हुँदैन भन्ने बाबुरामजीले भन्नुभयो उहाँमा त्यो उदारता र भावना छ । तर, मलाई यहाँ ल्याएर तँ चाहिँ यहाँ हुनुपर्छ भन्नुभो त्यसका लागि विशेष धन्यवाद ।’

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ कार्तिक १३, आईतवार ०९:१८ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ कार्तिक १३, आईतवार ०९:१८ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ कार्तिक १३, आईतवार ०९:१८ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP