काठमाडौं, राष्ट्रीय स्वतन्त्र पार्टीका ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा.तोसिमा कार्की आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध अदालत जाने भएकी छन्।
निर्वाचन आयोगले गरेको उक्त निर्णयविरुद्ध अदालत जाने कार्कीले बताएकी छिन्। आयोगको शनिबार बसेको बैठकले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको थियो।
सामाजिक सञ्जालमार्फत कार्कीले आधिकारिक पत्र नपाए पनि समाचारमा उम्मेदवारी खारेजीको बारेमा जानकारी पाएको बताएकी छिन्।
उनले उम्मेदवारी दिनु अघि नै कानुनविद्सँग छलफल गर्दा नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने धारणा रहेको भन्दै यस बारेमा मनोनयन दर्ता गर्नु अघि नै आफुले निर्वाचन आयोगलाई यस बारेमा जानकारी गराए पनि आयोग त्यस निवेदनबारे उक्त समयमा मौन बसेर अहिले उम्मेदवारी खारेज गर्ने निर्णय गर्नुले आयोगको निष्पक्षतमा शंका व्यक्त गरेकी छन्।
उनले आफ्नो पक्षमा ललितपुर क्षेत्र नम्बर ३ मा राम्रो माहोल देखेपछि निर्वाचन परिणाम फरक पार्नेगरी आएको आयोगको निर्णयका विरुद्ध आफु अदालत जाने भन्दै आफ्ना मतदातालाई विचलित नभएर निरन्तर साथ दिन पनि सामाजिक सञ्जालमार्फत नै आग्रह पनि गरेकी छन्।
यस्तो छ उनको स्टाटस
२०७९ भदौ २८ गते (मनोनयनको २५ दिन अगाडी नै) एक सचेत र जिम्मेवार उम्मेदवारको भुमिका निभाउदै निर्वाचन आयोगको कार्यालयमा पत्र लेखेर नेपाल मेडिकल काउन्सिलको सो पद लाभको पद हुने वा नहुने बारेमा स्पष्ट पारिदिन निवेदन समेत दिएको थिएँ।
तर, निर्वाचन आयोगले सो निवेदनलाई जवाफ दिन आवश्यक पनि मानेन। यसैले कानुनमा जरुरी नभएको तथा ४ हजार जति सदस्यको मतले नीतिनिर्माणमा पुगेकोले ति मतलाई घात नगर्न पनि मैले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिन हुन्न भन्ने मेरो निष्कर्ष रह्यो।
समय सकिए पछिको उजुरीलाई आधार मानेर आफैले समयमा प्रष्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही बिषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दछु।
जसरी उजुरी समय पछि आए पनि निर्णय गरियो, त्यसरी नै मैले उम्मेदवारी दर्ता गर्नु भन्दा निकै पहिले दिएको निवेदनउपर पनि निर्णय गर्नु पर्थ्यो।
यहाँनेर पनि निर्वाचन आयोगको निष्पक्षतामा शंका उब्जिन्छ। स्पष्टिकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखिकरणसम्म नगरि निर्णय गर्नु थप शंकास्पद हुन आउँछ।
ललितपुर ३ मा मेरो पक्षमा एकदमै राम्रो माहौल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्ने गरि आएको यो किसिमको निर्णयका विरुद्ध म सम्मानित अदालत जानेछु।
सम्पूर्ण मेरा समर्थक तथा शुभचिन्तकज्यूहरुलाई कत्ति पनि विचलित नभई उच्च मनोवलले साथ निरन्तर दिनहुन अनुरोध पनि गर्न चाहन्छु।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...
सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको...
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...