२०८० मंसिर २१
December 7, 2023, Thursday

दक्षिण कोरियाको सोलमा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु, ७६ घाइते

दक्षिण कोरियाको सोलमा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु, ७६ घाइते

एजेन्सी, दक्षिण कोरियाको राजधानी सहर सोलमा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु भएको छ।

हालोवीन उत्सव मनाइरहेका मानिसहरुबीच भागदौड मच्चिएको हो। अधिकारीहरुले दिएको जानकारीअनुसार यो घटनामा थप ७६ जना घाइते भएका छन्।

बीबीसीका अनुसार यो घटना सोलको इटाइवोन नाइटलाइफ क्षेत्रमा भएको हो। कोभिड महामारीपछि पहिलोपटक मास्क विना नै हालोवीन उत्सव आयोजना गरिएको थियो।

अहिलेसम्म भागदौड मच्चिनुको कारण भने खुल्न सकेको छैन। प्रहरीका अनुसार अहिले यो घटनाको विषयमा अनुसन्धानको काम भइरहेको छ।

दक्षिण कोरियाका राष्ट्रपति यून सुक येओलले सम्बन्धित निकायलाई घाइतेहरुको उद्धारको लागि निर्देशन दिएका छन्। उनले यो घटनाको अनुसन्धानको लागि पनि निर्देशन दिएका छन्।

Related News

लेबनान–इजरायली सीमामा झडप जारी
लेबनान–इजरायली सीमामा झडप जारी
  • २०७९ कार्तिक १३, आईतवार ०८:५५ गते

अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...

रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
  • २०७९ कार्तिक १३, आईतवार ०८:५५ गते

अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
  • २०७९ कार्तिक १३, आईतवार ०८:५५ गते

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...

TOP