२०८० मंसिर २१
December 7, 2023, Thursday

तीन पार्टीले आज घोषणापत्र सार्वजनिक गर्ने

तीन पार्टीले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । आसन्न मंसिर ४ को निर्वाचनका लागि आज तीनवटा पार्टीले घोषणापत्र सार्वजनिक गर्दैछन् ।

सत्तागठबन्धनको घटकमध्ये एक नेकपा माओवादी केन्द्रले प्रतिनिधि र प्रदेशसभा चुनावका लागि घोषणापत्र तयार पारिसकेको छ ।

सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीले पनि आजै चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको पार्टीले जनाएको छ ।

नेकपा एसले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ नारा तय गरेको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा बिहान ११: ३० बजे घोषणापत्र सार्वजनिक गर्दैछ

अध्यक्ष राजेन्द्र लिङदेनले घोषणा पत्र सार्वजनिक गर्ने राप्रपाले जनाएको छ ।

सत्तागठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरिसकेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले घोषणापत्र लगभग सकिएको भन्दै केही दिनमा सार्वजनिक गर्ने बताएको छ ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ कार्तिक १४, सोमबार १०:४८ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ कार्तिक १४, सोमबार १०:४८ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ कार्तिक १४, सोमबार १०:४८ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP