२०८० मंसिर २१
December 7, 2023, Thursday

तीन महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब

तीन महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नेपालको व्यापार घाटा ३ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को तीन महिनाको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांकअनुसार असोजसम्मको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

जुन चालु आर्थिक वर्षको अघिल्लो (भदौ) महिनाको भन्दा एक खर्ब १४ अर्ब रुपैयाँले धेरै हो ।

यस अवधिमा नेपालले ४ खर्ब ४२ अर्ब ८१ करोड ८५ लाख रुपैयाँ बराबरको कुल अन्तर्राष्ट्रिय व्यापार गरेको थियो । जसमा ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा निर्यात भने ४१ अर्ब ८२ करोडमा झरेको छ ।

पहिलो तीन महिनमा आयात १६.२० प्रतिशतले घट्दा निर्यात भने ३५.७१ प्रतिशत र व्यापार घाटा १३.१३ प्रतिशतले घटेको छ ।

चाडपर्व लक्षित आयात वृद्धिका कारण एक महिनामै कुल वैदेशिक व्यापारको आकार एक खर्ब ४० अर्बले बढेको विभागले जनाएको छ । भदौमा नेपालको कुल वैदेशिक व्यापारको आकार ३ खर्ब २ अर्ब रुपैयाँ थियो ।

असोजमा यस्तो आकार करिब ४ खर्ब ४३ अर्ब रह्यो । भदौको तुलनामा असोजमा आयात एक खर्ब २७ अर्बले बढ्यो भने निर्यात १३ अर्ब १४ करोडले बढेको हो ।

तीन महिनामा आयात भएका प्रमुख ५ वस्तु

पेट्रोलियम पदार्थ : ७८ अर्ब २२ करोड ९४ लाख २२ रुपैयाँ
फलाम तथा स्टील : ३२ अर्ब १० करोड ६० लाख ८१ हजार
फलफूल तरकारी र खाने तेल : २९ अर्ब ८० करोड ६७ लाख ९६ हजार
विद्युतीय मेसनरी र पार्ट्स : २६ अर्ब ६४ करोड १५ लाख ३५ हजार
ठूला मेसनरी आयात : २५ अर्ब २२ करोड २८ लाख ११ हजार
तीन महिनामा निर्यात भएका प्रमुख ५ वस्तु

कृषि उपज : ११ अर्ब ३८ करोड ३३ लाख २९ हजार रुपैयाँ
कार्पेट र टेक्सटायल : ३ अर्ब २५ करोड २० लाख ७७ हजार रुपैयाँ
धागो : अर्ब ७ करोड ७२ लाख १९ हजार रुपैयाँ
चिया र कफी : २ अर्ब ७६ करोड ७८ लाख ७४ हजार रुपैयाँ
तयारी कपडा : २ अर्ब २२ करोड ७६ लाख ६० हजार रुपैयाँ

Related News

दुई दिन घटेको सुनको मूल्य फेरि उकालो लाग्दै
दुई दिन घटेको सुनको मूल्य फेरि उकालो लाग्दै
  • २०७९ कार्तिक १४, सोमबार ०८:२१ गते

मंगलवारयता दुई दिन घटेको सुनको मूल्य बिहीवार (आज) आज भने बढेको छ । नेपाली बजारमा बिहीवार (आज) सुनको मूल्य २००...

सुनकाे भाउ आज पनि घट्याे, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै
सुनकाे भाउ आज पनि घट्याे, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै
  • २०७९ कार्तिक १४, सोमबार ०८:२१ गते

सुनकाे भाउ आज बुधवार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८ सयले घटेर आज...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ कार्तिक १४, सोमबार ०८:२१ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

TOP