२०८० मंसिर २१
December 7, 2023, Thursday

विश्वकप क्रिकेटमा भारतविरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक जीत

विश्वकप क्रिकेटमा भारतविरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक जीत

एजेन्सी, दक्षिण अफ्रिकाले अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा जीत निकालेको छ । आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई पाँच विकेटले पराजित गरेको हो ।

१३४ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १९.४ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो । दक्षिण अफ्रिकाले खराब सुरुआत गरे पनि चौथो नम्बरमा ब्याटिङ गर्न आएका ऐडन मारक्रम र पाँचौँ नम्बरमा आएका डेभिड मिलरले उत्कृष्ट प्रदर्शन गर्दै जीत दिलाए ।

२४ रन हुँदा दक्षिण अफ्रिकाले तीन विकेट गुमाएको थियो । तर, मारक्रम र मिलरले ७६ रनको साझेदारी गरे । मिलरले ४६ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ५६ रनमा अविजित रहे । मारक्रमले अर्धशतकसँगै ५२ रन बनाए । बलिङतर्फ भारतका अर्शदिप सिंहले दुई विकेट लिए ।

यसअघि अस्ट्रेलियाको पर्थ रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । भारतले ४९ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो ।

कप्तान रोहित शर्मा १५, विराट कोहली १२, केएल राहुल ९, हार्दिक पाण्ड्या दुई र दीपक होडा शून्यमा आउट हुँदा भारत पूरै दबाबमा आएको थियो ।

तर, चौथो नम्बरमा ब्याटिङ गर्न आएका सूर्यकुमार यादव र दिनेश कार्थिकले छैटौँ विकेटका लागि ५२ रनको साँझेदारी गर्दै भारतलाई सम्मानजनक स्कोरमा पुर्‍याए । सूर्यकुमारले ४० बलमा ६८ रन बनाए ।

भारतीय ब्याटरलाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका लुनगी निगिडीले चार विकेट लिए । त्यस्तै, वायन पर्नलले तीन विकेट लिए ।

भारतको यो तीन खेलमध्ये पहिलो हार हो । यसअघि भारतले पाकिस्तानलाई चार विकेटले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५६ रनले हराएको थियो ।

यता, दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमै वर्षाको कारण जिम्बाब्वेसँग १–१ अंक बाँड्न बाध्य भयो । त्यसपछि आफ्नो दोस्रो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १०४ रनले पराजित गरेको थियो ।

यो जीतसँगै समूह दुईमा रहेको दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिकाको तीन खेलबाट पाँच अंक भएको छ ।

Related News

नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
  • २०७९ कार्तिक १४, सोमबार ०८:२७ गते

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...

दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
  • २०७९ कार्तिक १४, सोमबार ०८:२७ गते

 दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...

बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
  • २०७९ कार्तिक १४, सोमबार ०८:२७ गते

बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...

TOP