२०८० मंसिर २२
December 8, 2023, Friday

मतदाताको घरदैलोमा पुगेर आफ्नो योगदान सम्झाउँदै सिटौला

मतदाताको घरदैलोमा पुगेर आफ्नो योगदान सम्झाउँदै सिटौला

झापा, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला हिजोआज मतदाताको घरदैलोमा छन्।

झापा क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार बनेका उनी मतदातालाई आफ्नो योगदानको स्मरण गराउन घरदैलोमा पुगेका हुन्।

दक्षिणी झापाको कचनकवल गाउँपालिकाका मतदातासँग भेटघाटमा सिटौलाले तात्कालीन विद्रोही माओवादीसँग १२ बुँदे सहमति, शान्ति प्रक्रिया, संविधान निर्माण जस्ता महत्वपूर्ण काम गरेर देशलाई आवश्यक पर्दा भूमिका खेलेको बताए।

‘मैले मुलुकमा राजनीतिक स्थिरता र संविधान निर्माणमा महत्त्वपूर्ण काम गरेको छु। नीति निर्माण तहमा बसेर काम धेरै काम गरेको छु,’ उनले भने।

झापा क्षेत्र नम्बर ३ को उन्नतिका लागि पूर्व–पश्चिम हुलाकी सडक, उत्तर–दक्षिण मेची राजमार्ग निर्माण पनि आफ्नै पहलमा सम्पन्न भएको उनको भनाइ छ।

‘चुनावमा म यहाँबाट निरन्तर उम्मेदवार छु। तर मैले चुनाव जितेको जम्मा तीन पटक हो। पूर्णरूपमा निर्वाचित भएको मध्यावधि २०५६ मा र दोस्रो संविधानसभामा मात्र हो, विभिन्न परिस्थितिका कारण पूरा कार्यकाल बिताउने अवसर मिलेन,’ उनले भने।

तर, पनि यस क्षेत्रको विकासका लागि ग्रामीण सडक, खानेपानी, कृषि सडक सञ्जालका लागि बनियानी–पाठामारी, केचना रिङरोड, पथरिया घेराबारी, जलथल सडक जस्ता आधा दर्जनभन्दा बढी सडक सञ्जाल आफ्नै कार्यकालमा सुरु गरेर निर्माण सम्पन्न नहुञ्जेल खबरदारी गरेको उनले बताए।

गणतन्त्रले के दिन्छ ? के दियो ? भन्ने खालको सोच नागरिकमा उत्पन्न हुनुमा वर्तमान संविधानको कार्यान्वयनका लागि सही र वास्तविक पहल हुन नसक्नु रहेको उनले बताए।

‘अब कानून बनाएर जनताले संवैधानिक व्यवस्थाबाट हाम्रो आर्थिक, सामाजिक, सांस्कृति प्रगति भयो भन्ने बनाउनुछ। त्यसका लागि पनि म यहाँबाट विजय भएर जानुपर्छ,’ उनले भने।

आसन्न चुनावमा संविधानको रक्षा, देशको विकास, जनताको आर्थिक प्रगति र समृद्धि मुख्य मुद्दा हुने उनले बताए।

दोस्रो संविधानसभाको निर्वाचनपछि झापा क्षेत्र नम्बर ३ अन्तर्गतका विभिन्न सडक लगायतका भौतिक पूर्वाधारसँगै पथरिया मावि भवन, हिमाली मावि भवन, विभिन्न सामुदायिक भवनदेखि तत्कालीन गाविसका सबै भवनहरू निर्माण, पुनःनिर्माणका योजना सम्पन्न गराएको उनले बताए।

‘पछिल्लो चुनावमा म हारेपछि मेरो पालामा निर्माण सुरु भएको दर्जनौँ आयोजना अहिलेसम्म अलपत्र छन्,’ उनले भने।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक वाम गठबन्धनबाट सिटौला र नेकपा एमाले तथा राप्रपाका तर्फबाट साझा उम्मेदवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दिएका छन्।

रासस

Related News

राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
  • २०७९ कार्तिक १५, मंगलवार ११:०५ गते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ कार्तिक १५, मंगलवार ११:०५ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ कार्तिक १५, मंगलवार ११:०५ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

TOP