काठमाडौ, नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । उनीविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।
आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिएलगत्तै थुनछेक बहस हुने काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यायले जानकारी दिए । सम्भवतः बुधबार साँझसम्म अदालतको फैसला आउने छ ।
प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।
गत ५ भदौको राति तिलगंगाको एक होटलमा लगेर सन्दीपले १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ ।
औषधी व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
बाह्रबिसे नगरपालिका–८ दमैटोल बस्ने ४५ वर्षीय लोक बहादुर नेपालीको सोमबार राति आगोले जलेर मृत्यु भएको छ । आफ्नै घरमा आगो...