२०८० मंसिर २०
December 6, 2023, Wednesday

विश्वकप क्रिकेटमा आज दुई खेल, जिम्बाब्वे र नेदरल्याण्ड्स तथा भारत र बंगलादेशबीच प्रतिस्पर्धा

विश्वकप क्रिकेटमा आज दुई खेल, जिम्बाब्वे र नेदरल्याण्ड्स तथा भारत र बंगलादेशबीच प्रतिस्पर्धा

एजेन्सी, अस्ट्रेलियामा जारी आठौँ संस्करणको आइसिसी टी–२० विश्वकपमा आज दुई खेल हुँदै छन् । आज हुने पहिलो खेलमा जिम्बाब्वे र नेदरल्याण्ड्स खेल्दै छन् । यी दुई टोलीबीचको खेल बिहान ९ः४५ देखि एडिलेडमा सुरु हुनेछ ।​

जिम्बाब्वे र नेदरल्याण्ड्सको सेमिफाइनल यात्रा लगभग समाप्त भइसकेको छ । यी दुवै टिम सुखद अन्त्य गर्न चाहन्छन् ।

तीन म्याच खेल्दा जिम्बाब्वेले एकमा जीत, एकमा हार र एक खेलमा वर्षाका कारण अंक बाँडेको छ । ऊ तालिकाको चौथो स्थानमा रहेको छ ।

त्यस्तै, नेदरल्याण्ड्सले तीन म्याच खेल्दा तीनमै हारको सामना गरेको छ । ऊ आजको खेलमा जिम्बाब्वेलाई हराउँदै प्रतियोगितामा पहिलो जीत निकाल्न चाहन्छ ।

आजै हुने दोस्रो खेलमा भारत र बंगलादेश खेल्दै छन् । यी दुई टिमबीचको खेल दिउँसो १ः४५ देखि एडिलेडमै सुरु हुनेछ ।

भारत आजको खेल जित्दै सेमिफाइनलको यात्रा सुरक्षित गर्न चाहन्छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको उसले तीन म्याच खेल्दा दुईमा जीत र एक खेलमा हार बेहोरेको छ ।

त्यस्तै, तेस्रोमा स्थानमा रहेको बंगलादेशले पनि तीनमध्ये दुईमा जीत र एक खेलमा हारको सामना गरेको छ ।

Related News

दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
  • २०७९ कार्तिक १६, बुधबार ०८:३३ गते

 दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...

बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
  • २०७९ कार्तिक १६, बुधबार ०८:३३ गते

बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...

च्याम्पियन्स लिग: म्यानचेस्टर युनाइटेड र गालाटासारे ३-३ गोलको बराबरीमा
च्याम्पियन्स लिग: म्यानचेस्टर युनाइटेड र गालाटासारे ३-३ गोलको बराबरीमा
  • २०७९ कार्तिक १६, बुधबार ०८:३३ गते

युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड टर्किस क्लब गालाटासारेसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा म्यानचेस्टर...

TOP