२०८० चैत्र १६
March 29, 2024, Friday

भारतले धान निर्यातको कर हटायो, कनिका र चामलमा कडाइ यथावत

भारतले धान निर्यातको कर हटायो, कनिका र चामलमा कडाइ यथावत

एजेन्सी, भारत सरकारले धान निर्यातमा लगाउँदै आएको कर हटाएको छ । भारतले गत भदौ २३ गते एक सार्वजनिक सूचना प्रकाशित गर्दै धान निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाउने जानकारी गराएको थियो ।

भारतको अर्थमन्त्रालय (राजस्व विभाग)ले सोमवार (कात्तिक १५ गते) एक एक सूचना जारी गर्दै धान निर्यातमा लगाइँदै आएको २० प्रतिशत भन्सार महसुल हटाइएको जानकारी दिएको छ ।

भारतको यस्तो निर्णयपछि नेपालमा चामलको अभाव कम हुने नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुवोध कुमार गुप्ताले बताए ।

भारतले धान निर्यातमा कर बढाएर चामल र कनिका निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतले चामल र कनिका निर्यात प्रतिबन्ध लगाउँदा नेपाली वियर उद्योग समस्यामा परेका थिए ।

यस्तै, धान निर्यातमा भन्सार महसुल लगाउँदा नेपाली चामल उद्योग बन्द हुने अवस्थामा पुगेका अध्यक्ष गुप्ताले बताए ।

‘भारतले धान निर्यातमा कर बढाएपछि नेपाली चामल उद्योग धराशायी भएका थिए भने धान तथा चामलको तस्करी पनि बढेको थियो, यो विषय हामीले समयमै नेपाल सरकार तथा भारतीय दूतावासलाई जानकारी पनि गराएका थियौँ, समस्याको बेलैमा जानकारी भएकोले भारतले पनि उचित कदम चालेको छ, भारत सरकारको यो निर्णय नेपालका लागि धेरै राम्रो छ,’ वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष समेत रहेका गुप्ताले भने ।

चामल र कनिकामा कडाइ यथावत

भारतले धान निर्यातमा लगाइएको भन्सार शुल्क हटाए पनि चामल र कनिका निर्यातमा गरिएको प्रतिबन्ध हटाएको छैन । धान निर्यात खुकुलो बनाएर चामल र कनिका निर्यातमा कडाइ गर्दा नेपाललाई फाइदा हुने अध्यक्ष गुप्ताले बताए ।

‘भारतबाट चामल वा कनिका आयात गर्नु भनेको तयारी वस्तु नै आयात गर्नु हो, धान आयात गर्नु भनेको एक तह कच्चा पदार्थ आयात गर्नु हो, त्यसैले भारतबाट धान आयात गरेर एक तहमात्रै भएपनि भ्यालु एडिसन हुन सक्ने अवस्था सिर्जना भयो, यो भनेको नेपालको लागि फाइदाकै विषय हो,’ अध्यक्ष गुप्ताले भने ।

उनले अब नेपाली उद्योगले नेपालमा अपुग भएको धान भारतबाट आयात गर्ने र त्यसबाट चामल र कनिका बनाएर नेपालको आवश्यकता पूर्ति गर्ने बताए । भारतको यो निर्णयपछि नेपालमा संचालित चामल उद्योगलाई फाइदा हुने उनको भनाई छ ।

कसरी हट्यो कर ?

गत भदौ २३ गते भारतले चामल र कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धान निर्यातमा २० प्रतिशत भन्सार शुल्क लाग्ने निर्णय सार्वजनिक गरेको थियो ।

भारतको यस्तो निर्णयले नेपालमा नकारात्मक असर पर्ने भन्दै नेपाल चामल, दाल, तेल उत्पादक संघले सुरुदेखि नै सरोकारवालाई विषयको गम्भीरता बुझाउने प्रयत्न थालेको थियो ।

बीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चामल, दाल, तेल उत्पादक संघको नेतृत्व गरिरहेका गुप्ताको नेतृत्वमा यसबीचमा सरोकारवाला निकायमा पत्राचार गर्नेदेखि भौतिक रुपमा भेटेर नै समस्याको गम्भीरताबारे बुझाउने कार्य भएको अध्यक्ष गुप्ता बताउँछन् ।

‘धान निर्यातमा कर बढाउने र चामल र कनिका निर्यात रोक्ने भारतको निर्णय लगत्तै हामीले नेपाल सरकारका गृहमन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्री तथा मन्त्रालयका सचिवहरुलाई भेटेर समस्याको गम्भीरता बुझाउने र समाधानको पहलका लागि अनुरोध गरेका थियौं, भारतीय दुतावासमा पत्राचार गरेर पनि समस्याको जानकारी गराएका थियौं, समस्याको बारेमा बेलैमा जानकारी भएकोले पनि सम्बन्धित निकायबाट चाढै नै सकारात्मक प्रतिक्रिया प्राप्त भयो,’ अध्यक्ष गुप्ताले थपे ।

नेपाललाई कति पुग्दैन चामल ?

नेपालमा उत्पादित चामलले आन्तरिक माग धान्न पर्याप्त नहुने तथ्यांकले देखाएको छ । भारतबाट नेपालमा वर्सेनि अर्बौं रुपैयाँ बराबरको धान आयात हुँदै आएको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा भारतबाट १७ अर्ब रुपैयाँ बराबरको धान, २९ अर्ब रुपैयाँ बराबरको चामल ९कनिकासहित० आयात भएको थियो ।

यस्तै, चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना ९साउन० मा १९ करोड रुपैयाँ बराबरको धान र २ अर्ब २१ करोड रुपैयाँ बराबरको चामल आयात भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्ष २०७८ मा नेपालमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै, २०७७ सालमा ५६ लाख २१ हजार मेट्रिक टन धान नेपालमै फलेको थियो ।

उक्त मात्रामा धान उत्पादन भएपनि नेपालमा धान र चामलमा भारतसँग निर्भर छ । भारतबाट अर्बौं रुपैयाँको धान, चामल र कनिका आयात हुँदै आएको तथ्यांकले देखाएको छ ।

Related News

चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
  • २०७९ कार्तिक १६, बुधबार १६:३४ गते

काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १० दशमलव ७३ अंंकले ओरालो लागेको बजार परिसुचक नेप्से...

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
  • २०७९ कार्तिक १६, बुधबार १६:३४ गते

काठमाण्डाै – नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता...

गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोग नेपालमा पनि भेटियो
गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोग नेपालमा पनि भेटियो
  • २०७९ कार्तिक १६, बुधबार १६:३४ गते

काठमाडौं । नेपालमा गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोगको प्रजाति यूजी ९९ को टिटिकेटिटि पहिलोपटक पत्ता लागेको छ । राष्ट्रिय बाली...

TOP