एजेन्सी, उत्तर कोरियाले एकै दिनमा कम्तीमा २३ वटा क्षेप्यास्त्र प्रहार गरेको छ । तीमध्ये एउटा क्षेप्यास्त्र दक्षिण कोरियाको सोक्चो सहरनजिकै खसेको थियो ।
यसको प्रत्युत्तरमा दक्षिण कोरिया सोलले विवादास्पद समुद्री सीमांकन रेखामा लडाकु विमानमार्फत वायुबाट जमिनमा मार हान्ने तीनवटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।
पछि प्योङयाङले ६ वटा क्षेप्यास्त्र र तोपबाट १ सय वटा गोलाबारुद प्रहार गरेको थियो ।
उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले सुरु गरेको ठूलो परिमाणको संयुक्त सैनिक अभ्यासप्रति प्रतिक्रिया जनाउन क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।
प्योङयाङले यस सैनिक अभ्यासलाई आक्रमक र उक्साउने खालको भएको बताएको छ ।
अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...
अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...