काठमाडौ, अहिले देशका पहाडी र हिमाली भेगमा आंशिक बदली छ भने पूर्वको हिमाली भेगमा मौसम आंशिकदेखि सामान्य बदली छ। अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।
उनका अनुसार आंशिक बदली भनेको आकाश २६ प्रतिशतदेखि ५० प्रतिशतसम्म बादलले ढाकेको, सामान्य बदली भनेको आकाश ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म आकाश बादलले ढाकेको, सामान्यतया सफा भनेको आकाश २५ प्रतिशत बादलले ढाकेको अवस्था हो। पूर्ण बदली भनेको चाहिँ आकाश ८८ प्रतिशतभन्दा बढी बादलले ढाकेको अवस्था हो।
मौसमविद् श्रेष्ठका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ। ‘तर सम्भावना न्यून छ, तर पनि दिउँसोतिर फाटफुट पानी पर्न सक्छ’, मौसमविद् श्रेष्ठले भने।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति देशका पहाडी भेगका आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
मौसमविद् श्रेष्ठले दिएको जानकारीअनुसार आज बिहान ५: ४५ को मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस छ। यो पुनः बिहान ८: ४५ बजे अपडेट हुनेछ भने त्यतिबेला देशका अन्य स्थानका न्यूनतम तापक्रमको विवरण पनि आउनेछ।
हिजो (कात्तिक १६ गते) को मापनअनुसार देशका विभिन्न स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम यस्तो छ :
औषधी व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...