२०८० मंसिर २१
December 7, 2023, Thursday

धानमा लागेन दाना, किसान चिन्तित

धानमा लागेन दाना, किसान चिन्तित

स्याङ्जा । पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो ।

स्थानीय बजारका एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताए ।

विगत दुई तीन वर्षदेखि यही जातको धान लगाउँदै आए पनि अरु बेला उत्पादन राम्रो भएको तर यसपटक धानमा दानानै नलागेको हो । ‘विगतमा पनि यही धान लगाउँदै आएको थिएँ, यसपटक पनि यही धानको बीउ ल्याएर ब्याड राखी धान रोपेको हुँ’, उनले भने, ‘यसपटक त के भयो–भयो, पराल हरियै छ तर धान पसाएर नुग्ने बेलामा नुग्दै नुगेन ।’

डुम्रेले सात रोपनी क्षेत्रफलमा लगाएको धानखेतीमा दाना नै नलागेको हो । मानो खाएर मुरी उब्जाउने समयमा धानमा दाना नलागेर कालै भएपछि उनी चिन्तामा छन्। ‘

धान ठटाउनै पर्दैन, पराल हरियै छ, बल्ने भए आगो लगाइदिन्थे’ उनले भने, ‘विगत वर्षहरुमा यही क्षेत्रफलमा १४–१५ मुरी धान उत्पादन हुन्थ्यो, यसपटक त मेहनत, परिश्रम, लगानी सबै माटोमै मिल्यो ।’

यस ठाउँमा डुम्रेको सात रोपनी र अन्य तीन जना कृषकको दश रोपनी गरी कूल १७ रोपनी क्षेत्रफलमा लगाइएको धानमा दाना नलागेको वालिङ नगरपालिकाका कृषि प्राविधिक केशबहादुर थापाले बताए।

कृषकले धानमा दाना नलागेको भन्ने खबर गरेपछि खेतमै पुगेर अनुगमन तथा निरीक्षण गरेर फर्किएको उनले बताए । ‘यो ठाउँमा अन्य कृषकले लगाउनुभएको उही जातको धान राम्रो फलेको छ ।

तर, चार कृषकको खेतमा लगाइएको धानमा दाना नै छैन’, उनले भने, ‘यो अन्य कारणले भन्दा पनि धान पसाएर फूल खेल्ने बेलामा परेको अविरल वर्षाका कारण क्षति भएको हो ।’

‘युएस ३१२’ जातको हाइब्रिड धान यस ठाउँका लागि उपयुक्त भए पनि ढिलो रोपेकाले पनि समस्या देखिएको उनको दाबी छ ।

केही दिनअघि रोपिएको खेतमा धान राम्रो भएको तर ढिलो रोपिएको साथै फूल खेल्ने बेलामा चार÷पाँच दिनको अविरल वर्षा मुख्य कारण भएको उनी बताउँछन् ।

रासस

Related News

ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
  • २०७९ कार्तिक १७, बिहीबार ०७:२६ गते

पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला...

दुई दिन घटेको सुनको मूल्य फेरि उकालो लाग्दै
दुई दिन घटेको सुनको मूल्य फेरि उकालो लाग्दै
  • २०७९ कार्तिक १७, बिहीबार ०७:२६ गते

मंगलवारयता दुई दिन घटेको सुनको मूल्य बिहीवार (आज) आज भने बढेको छ । नेपाली बजारमा बिहीवार (आज) सुनको मूल्य २००...

आमाबुवाको हत्या गर्ने पक्राउ
आमाबुवाको हत्या गर्ने पक्राउ
  • २०७९ कार्तिक १७, बिहीबार ०७:२६ गते

अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ। चौतिस वर्षीय...

TOP